गृहपृष्ठ खबर १० वर्षभित्र बोडिङ होइन, सरकारी स्कूल मात्र रोज्ने परिस्थिति बनाउँछौं

१० वर्षभित्र बोडिङ होइन, सरकारी स्कूल मात्र रोज्ने परिस्थिति बनाउँछौं

प्रकाशित मिति:
बिराटनगर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक स्कुलहरु रुग्ण उद्योग जस्ता भएको बताएका छन्। शिक्षालाई उत्पादनमा जोड्न नसक्दा अधिकांश सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तो भएको उनले बताए।

उत्पादनमा जोडिए विद्यालयहरुको सवलीकरणको प्रक्रिया अघि बढ्ने उनको भनाइ थियो। प्रेस सङ्गठन नेपाल मोरङद्वारा शनिबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘उत्पादनसँग जोडिएका विद्यालयहरु सबल र स्तरीय भएका उदाहरण पनि थप्रै छन्।’ उनले सरकारले अहिले सबै सार्वजनिक स्कुलहरुलाई सवलीकरण गर्ने प्रक्रिया सुरु गरेको बताएका छन्।

‘स्कुलको दुईवटा कार्यभार हुन्छ। एउटा शिक्षात्मक कार्यभार, अर्को स्कुल विकाससँग गासिनुपर्छ।’ जुन विद्यालय शिक्षात्मक काममा मात्रैं सीमित भए तिनीहरुले धेरैं विकास गर्न सकेनन्’ मन्त्री पोखरेलले भने, ‘जसले विकाससँग जोडे, ती स्कुलहरु उदाहरणीय ढंगले अघि जान सके।’ नेपालमा साधारण शिक्षा ८० प्रतिशत र प्राविधिक शिक्षा २० प्रतिशत मात्र अध्ययन भइरहेकाले शिक्षाको विकास हुन नसकेको उनको जिकिर थियो। शिक्षालाई विकाससँग जोड्नु अपरिहार्य आवश्यकता भएको बताउँदैं मन्त्री पोखरेलले शभ्य, सक्षम, उत्पादनशील नागरिक उत्पादन गर्ने शिक्षा अबको आवश्यकता भएको बताए।

सरकारले २० महिनासम्मको समयको अध्ययन, छलफल र परामर्श गरेर राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको मन्त्री पोखरेलले बताए। नीति बनाएर कानून बनाउने नयाँ अभ्यासमा गएको भन्दै उनले १० वर्षभित्रमा यसको सकारात्मक नतिजा देखिने दावी गरे। मन्त्री पोखरेलले नीतिमा सार्र्वजानिक शिक्षाको सवलीकरणलाई जोड दिएको प्रष्ट पारे। पत्रकार भेटघाटमा मन्त्री पाखरेलले भने, ‘१० वर्षभित्र अभिभावक र विद्यार्थीको पहिलो सूचिमा पब्लिक स्कुलहरु आउनुपर्छ। उनले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्ने धारणा राख्दै सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गरे।

मन्त्री पोखरेलले अङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने तर्क गर्दै देशभरमा सरकारले पाँच हजार शिक्षक भर्ना गर्ने तयारीमा रहेको जानकारी दिए। दरबन्दी मिलानको काम सकिएको जानकारी दिँदैं दरबन्दी नपुगेको ठाउँमा शिक्षण सिकाई अनुदान दिने तयारी रहेको पनि उनले बताए। मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षकले आफ्नो सक्षमताको विकास गरेर सीपमूलक ज्ञान प्रवाह गर्नुपर्ने बताए।

सिकाई केन्द्रीत रुपान्तरणको प्रक्रियामा अघि बढ्नुपर्ने मन्त्री पोखरेलको भनाई थियो। ‘सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न तीनै तहका सरकारको भूमिका अग्रणी छ’, मन्त्री पोखरेलले भने, ‘दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक छ।’ जनशक्ति प्रक्षेपणको काम सकिएको बताउँदै मन्त्री पोखरेलले सामाजिक न्यायमा आधारित समृद्धि चाहिएको बताए।

सम्बन्धित् समाचार