गृहपृष्ठ खबर स्थानीय तह स्तरीय पाेषण कार्यक्रमकाे समिक्षा तथा कार्ययोजना तयारी गाेष्ठी सम्पन्न

स्थानीय तह स्तरीय पाेषण कार्यक्रमकाे समिक्षा तथा कार्ययोजना तयारी गाेष्ठी सम्पन्न

उमेश बि.क / नवलपरासी , २८ मंसिर /

नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा स्थानीय तह स्तरीय पाेषण कार्यक्रमकाे २ दिने समिक्षा तथा कार्ययोजना तयारी गाेष्टी शनिबार सम्पन्न भएको छ।

सरावल गाउँपालिका स्वास्थ्यशाखाको अायाेजना तथा सुअाहाराकाे समन्वयमा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा सुनौलो हजार दिनका आमाहरुको पोषण अवस्था सुधारको लागि गर्भवति महिलालाई अण्डा पनि बितरण गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले पोषणयूक्त खाना खानुपर्छ भन्ने मानशिक्ता गाउँघरका नागरीकहरुमा नभएको भन्दै स्वास्थ्य सम्बन्धि यस्ता कार्यक्रमहरु टोल टोल गर्नु आजको अावश्यकता रहेको बताए । सरावल गाउँपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक बिद्यालयमा दपवा खाजा कार्यक्रम गरिँदै जानकारी दिदै सरावल गाउँपालिका पुर्ण पाेषणयुक्त गाउँपालिका घाेषणा गर्नमा अाफु लागि परेकाे र गाउँपालिकाका स्थानीय जनसमुदायकाे स्वास्थ्य समस्या बारे अाफु चिन्तित रहि हरेक समस्या समाधान गर्न लागिपरेकाे प्रतिब्द्वता ब्यक्त गर्नु भएको हाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले कुपोषण रोग होइन बरु रोगको कारण बन्न सक्छ । कुपोषणको अन्त्य गर्न अस्पताल जाने र आधुनिक औषधि सेवन गर्नैपर्छ भन्ने मानसिकता कतिपय सन्दर्भमा हटाउन आवश्यक छ । विश्व पहल र सरकारी कार्यक्रमले मात्र यस्ता समस्या समाधान गर्न सम्भव नभएकाले प्रत्येक नागरिक तथा परिवार यसप्रति संवेदनशील र चनाखो हुनुपर्छ । बारी तथा बजारमा पाइने कतिपय सागसब्जी र खाद्यान्नको उपयोग गर्न छाडेर तयारी वा आयातित खानेकुरा खाने आदतले पनि कुपोषण हुनसक्ने भएकाले जनचेतनासँगै अन्य उपचारात्मक पहललाई एकाकार गरी विद्यमान समस्याको न्यूनीकरण गर्न सकिने कुरामा जाेड दिनुभएको थियाे ।

कार्यक्रममा सुअाहाराका जिल्ला संयोजक कृष्ण गुरुङले कुपोषण के हा ?,कुपोषणको वर्गीकरण,बालबालिकामा पोषणको अवस्था ,कुपोषणका कारण नेपालमा बाल मृत्युदर,पोषणको अवस्था सुधार गर्न नेपालमा भएका पहलहरु,पोषण बारे दिर्घकालिन सोच,लक्ष्य र उद्धेश्यहरु,गाउँपालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशन समीतीको काम,कर्तब्य र अधिकार लगाएतका बारेमा जानकारी गराएका थिए ।

यस्तै सरावल गाउँपालिका स्वास्थ्यशाखा संयाेजक अाेम नरायण देवकोटाले पोषण सम्बन्धि सुचकहरुको अभिलेख एंव प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका बारेमा जानकारी गराएका थिए ।

स्थानीय तह स्तरीय पाेषण कार्यक्रमकाे समिक्षा तथा कार्ययोजना तयारी गाेष्टीमा सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका पाेषण फाेकल पर्सनहरुले वडाकाे पाेषण प्रगति प्रतिबेदन पेश गर्नुभएको थियाे।

कार्यक्रमको सञ्चालन सरावल गाउँपालिका स्वास्थ्यशाखा सहसंयाेजक अशोक पाण्डेले गरेका थिए ।

सम्बन्धित् समाचार