गृहपृष्ठ खबर कपिलवस्तु महोत्सवमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कपिलवस्तु महोत्सवमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु / मङ्सिर , २९ /
कपिलवस्तु महोत्सवमा आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वाणगंगा नगरपालिका शिक्षा शाखाद्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकलाको शीर्षक युवा क्षमताको अभिवृद्धि , कृषि र पर्यटनमा समवृद्धि रहेको थियो ।


वाणगंगा नगरपालिका भित्रका सामुदायिक र निजी गरि २३ विद्यालयका विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा नगरपालिकाका शिक्षा प्रमुख बाबुराम भट्टराईको प्रमुख आतिथ्यता , शिक्षा सहायक खिमबहादुर जि.सि. को सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मदन घिमिरे , कविराज भण्डारी निर्णायक मण्डलको रुपमा रहनुभएको थियो ।

प्रतियोगितामा चिल्ड्रेन प्याराडाइज बोडगाउँकी स्मृति सापकोटा प्रथम , पारिजात स्कुलकी छात्रा द्वितीय , ज्ञानपूञ्ज बोर्डिङ स्कुलका प्रज्ज्वल बस्याल तृतीय तथा हथौसा लिटल स्टार बोर्डिङ स्कुलका रामकृष्ण अधिकारी सान्त्वना हुन सफल हुनुभएको थियो ।

सफल सहभागीलाई वाणगंगा नगरपालिकाका मेयर मङ्गल चौधरीले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियोे ।

सम्बन्धित् समाचार