गृहपृष्ठ खबर कपिलवस्तु महोत्सवको समापन तथा नवौं कपिलवस्तु डान्स आइडलको फाइनल भोलि हुने

कपिलवस्तु महोत्सवको समापन तथा नवौं कपिलवस्तु डान्स आइडलको फाइनल भोलि हुने

प्रकाशित मिति:

कपिलवस्तु , मङ्सिर, ३० /

कपिलवस्तुको बुद्ध रंगशाला जितपुरमा मंसिर १९ बाट सुरु भएको ११ औँ कपिलवस्तु महोत्सवको समापन भोलि भव्यताका साथ गरिने भएको छ । समापन समारोहलाई भव्य बनाउन सबै तयारी गरिएको आयोजकले जनाएको छ ।

मंसिर १९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्धघाटन गर्नुभएको महोत्सवको समापन कार्यक्रममा पूर्व मन्त्री गगन कुमार थापा आउनुहुने भएको छ । नेपाली काङ्ग्रेसका    युवा नेता समेत रहनुभएका थापाले मंगलबार कपिलवस्तु महोत्सवको समापन गर्ने कार्यक्रम रहेको अयोजक संस्था वाणगंगा वेयलफेयर सोसाईर्टीका महासचिव एवम् महोत्सव मूल आयोजक समितिका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।

महोत्सवको समापन समारोह मंगलबार दिउसो १ बजे देखि सुरु हुने महोत्सव मूल आयोजक समितिका मिडिया संयोजक गणेश पोख्रेलले बताउनुभएको छ ।
एक दशक पार गरी एघारौँ संस्करणको रुपमा आयोजना गरिएको कपिलवस्तु महोत्सवलाई भव्य र सभ्य बनाउन हरेक दिन हजारौँ दर्शकहरुले उपस्थिति जनाएका थिए ।

सोहि अनुसार सोमबार पनि हजारौँ दर्शकहरुको महोत्सवमा उपस्थिति रहेको छ । पहिलो पटक कपिलवस्तु महोत्सवमा होलिकप्टर सवारी पनि राखिएको थियो । हेलिकप्टरबाट झण्डै ६० जना बढिले सवार गरेका छन् ।

यस्तै महोत्सवको अर्काे महत्वपूर्ण आकर्षणको रुपमा हेरिने नवौँ कपिलवस्तु डान्स आईडलका प्रतिभाहरुले समेत कपिलवस्तु महोत्सवको रौनकतालाई बढाएको आईडल संयोजक अमृत के.सीले बताउनुभयो । सोमबार टप फाइबका प्रतिभाहरुको प्रस्तुति रहेको थियो । आज सुरक्षा अधिकारी बाहिरिनुभएको छ । अधिकारी बाहिरीए सँगै अब चार जना रहेका छन् । यस वर्ष डान्स आईडल बन्ने प्रतिभाले नगद १ लाख ११ हजार १ सय ११ रुपैँया नगद सहित विभिन्न अकर्षक मायाको चिनो पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसैबिच महोत्सवमा आज राष्ट्रिय कलाकारहरु सहित स्थानिय कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । पछिल्लो समय बोल माया, गल्बन्दी लगाएतका गीतहरुबाट राम्रै चर्चा बनाएका लोक तथा दोहोरि गायक प्रकाश सपूत सहितका राष्ट्रिय कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका हुन ।

आज ८ हजार दर्शकले मेला अवलोकन गरेका छन भने यस्तै भोली पनि राष्टिय कालकारहरुको बेजोड प्रस्तुति सहित ११ औँ कपिलवस्तु महोत्सवको भव्य समापन गरिने आयोजकले तयारी पनि थालेको छ ।

सम्बन्धित् समाचार