एघारौ कपिलवस्तु महोत्सवमा सोमबार हजारौ दर्शकले अवलोकन गरेका छन । राष्ट्रीय कलाकार अन्र्तगत आधुनिक तथा पप गायिक आस्था राउत, लोक दोहोरी गायक प्रकास सपुत, गायिका शान्ता परियारले हजारौ दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन । त्यस्तै महोत्सवमा डान्स आइडल समापन नजिक हुदा निकै रोचक बनेको छ । जिल्ला भित्रका करिव १५० बढि सहभागिबाट छनोट भई १५ जना मैदानमा उत्रीएका हुन । जसमध्य उत्कृष्ट ४ मात्र बाकी रहेका छन । अमिसा बिक, निशा खनाल , अनिल बिक र कुसुम दर्लामी उत्कृष्ट चारमा पर्न सफल भएका हुन । सोमबार दर्शकको सत प्रतिशत भोट मार्फत प्रथम द्धित्तिय तृतिय र सान्तवना पत्ता लाग्ने डान्स आइडल संयोजक अमृत केसिले बैखरी अनलाइनलाई जानकारी दिए । सोमबार सुरक्षा अधिकारी प्रतिस्पर्धाबाट बाहिरिएकी छन ।









