गृहपृष्ठ Featured नेपाललाई कम्बोडिया बनाउने प्रपञ्चमा सरकार रहेको पूर्व स्वास्थ्य मन्त्री थापाको भनाई ।।

नेपाललाई कम्बोडिया बनाउने प्रपञ्चमा सरकार रहेको पूर्व स्वास्थ्य मन्त्री थापाको भनाई ।।

राधा पाण्डे

कपिलवस्तु, पुस १

नेकपा सरकार नेपाललाई कम्बोडिया बनाउने प्रपञ्चमा रहेको नेपाली कंग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले बताउनुभएको छ । नेपाली कंग्रेस वाणगंगा नगरकार्य समितिको आयोजनामा कार्यकर्ता भेटघाट एवं अन्र्तक्रिया कार्यक्रममा मंगलबार श्रीपेच होटल रिसोर्ट प्रालि वाणगंगा ४ दरखास्तमा सम्बोधन गर्दै थापाले ओली सरकारले अहिले अदालत, प्रहरी, प्रेस सबैलाई हरुतक्षेप गर्दै सत्ता कब्जा गर्ने दिवा सपना देखिरहेको धारणा राख्नुभएको थियो । उहाँले सरकारले विभिन्न विधेयकका नाममा मुलुकमा निरङकुशता लाद्ने कोशिष गरिरहेको थापाको भनाई थियो । हाल संसदमा सूचना प्रविधि विधेयक टेवल भैरहेको र सो विधेयक पास भएको अवस्थामा यदि कुनै जनताले सरकारका गतिविधिहरु प्रति आफ्नो मतभेद राखेको खण्डमा ५ वर्ष सम्म जेल सजाय हुने भएकोले मुलुकमा निरंकुशता हावी गराउनेतर्फ सरकार उद्यत रहको थापाले बताउनुभयो ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै कंग्रेस सांसद अतहर कमाल मुसलमानले मुलुकमा कर आतंक, भ्रष्टाचार मौलाइृरहेको र सरकारले राजनीतिक दाउपेचका आधारमा अख्तियारलाई समेत आफ्नो वसमा पारिरहेको बताउनुभयो ।

वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले पार्टी भित्रको अन्तर्घात हटाउन सके आगामी निर्वाचनमा नेपाली कंग्रेस फेरी मुलुकको ठूलो पार्टी बन्ने दावी गर्नुभयो ।

 

यस्तै ११ औँ कपिलवस्तु महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमखु अतिथि समेत रहेका थापाले देश विकासको जिम्मा अब युवाहरुको काँधमा आएको बताएका छन् । बर्तमान सरकारले पनि जनताको आवश्यकता पुरा गर्न नसकेको औँल्याउँदै पार्टी भन्दा व्यक्ति चनाखो हुनुपर्ने अवस्था आएको बताए ।

 

उनले सरकारले सरकारीकरण गरिएका औद्योगिक क्षेत्रहरुबाट कांग्रेसले फाईदा उठाएको सरासर झुठ भएको भन्दै सबै औद्योगिक क्षेत्रहरु निजी स्रोतले सञ्चालन गर्न आवश्यक रहेको बताए । युवा नेता थापाले जुनसुकै पार्टीको सरकार भएपनि जनतालाई शिक्षा, स्वास्थय र रोजगार उपलब्ध गराउँनुपर्ने जिकिर गरे । उनले जनताबाट चुनिएका जनप्रतिनिधि आए पछि वा दुई तिहाईको सरकार आएपछि देश संवृद्धिको बाटोमा जान्छ भनि एक पछि अर्को गर्दै आश्वासन दिएपनि जनताहरुले अब कुनै बाहाना सहन नसक्ने पनि जिकिर गरेका थिए ।

 

सम्बन्धित् समाचार