गृहपृष्ठ Featured मुद्धा जित्न वडा अध्यक्ष गिरिले गरे रुपन्देहीका एक वडा अध्यक्षको कृते हस्ताक्षर  

मुद्धा जित्न वडा अध्यक्ष गिरिले गरे रुपन्देहीका एक वडा अध्यक्षको कृते हस्ताक्षर  

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ७ का वडा अध्यक्ष बिष्णु गिरिले कृते हस्ताक्षर गरेको पाइएको छ । सुस्मिता बराल नागरिकता काण्डमा अदालतमा बुझाउने कागज पत्रमा वडा अध्यक्ष गिरिले रुपन्देही सैनामैना नगरपालिका वडा नः ११ का वडा अध्यक्ष सुनिल मरासिनिको कृते हस्ताक्षर गरेको प्रमाण सहित खुल्न आएको हो ।

वडा अध्यक्ष गिरि बिरुद्ध बुटवल इवलाशमा परेको जवाफ पठाउदा अध्यक्ष गिरिले अर्का वडा अध्यक्ष मरासिनिको कृते हस्ताक्षर गरेर मुद्धा जित्न जुन सुकै हदसम्म पुग्न तयार रहेको पाइएको छ ।

वडा अध्यक्ष गिरि आफै रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नः ११ मा पुगि सुर्य प्रसाद बराल सोही वडामा बसोबास गर्दै आएको प्रमाण माग गरेकोमा सो वडाका वडा अध्यक्ष मरासिनले दिएको प्रमाणलाई कृते हस्ताक्षर गर्दै आफैले आफनै निजि घर जगा सहित लेखी कृते हस्ताक्षर गरेका हुन ।

यस बिषयमा रुपन्देही सैनामैना ११ का वडा अध्यक्ष मरासिनिसगं बुझदा आफुले दिएको प्रमाण पत्रको ओसी(फोटोकपि) वडामा सुरक्षित रहेको बताउदै उतm हस्ताक्षर मेरो नरहेको र अध्यक्ष गिरिको यो कार्य जनप्रतिनिधिका लागी निकै लज्जास्पद रहेको वैखरी अनलाइनलाई बताएका छन ।

प्रमाण( न पक्षको न बिपक्षको यात्रा निश्पक्षको ः वैखरी अनलाइन )

वडाबाट वडा अध्यक्ष गिरिलाई दिइएको प्रमाण

 

 

मुद्धा जित्न वडा अध्यक्ष गिरि गरेको कृते हस्ताक्षर सहितको प्रमाण
मुद्धा जित्न वडा अध्यक्ष गिरि गरेको कृते हस्ताक्षर सहितको प्रमाण

 

 

सम्बन्धित् समाचार