गृहपृष्ठ Featured लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.ले ल्यायो इपिएसमा जिल्लामै सर्वोत्कृष्ट नतिजाः प्रबन्धक क्षेत्री

लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.ले ल्यायो इपिएसमा जिल्लामै सर्वोत्कृष्ट नतिजाः प्रबन्धक क्षेत्री

प्रकाशित मिति:

इपीएस सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक भएसँगै कपिलवस्तुको वाणगंगामा अवस्थित लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.ले विगतका दिनहरुमा जस्तै जिल्लामै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । लुम्बिनी लर्निङ सेन्टरबाट भाषा परीक्षा पास भएका ४३ जना विद्यार्थीहरु मध्येबाट ३९ जना विद्यार्थीहरु इपिस सीप परीक्षणमा पास भएको संस्थाका प्रबन्ध निर्देशक तथा संचालक असिम क्षेत्रीले बताउनुभएको छ ।

इपिस परिक्षामा नेपालबाट सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जनाको आवेदन परेको थियो । जसमध्ये १२ हजार ९ जनाले भाषा परीक्षा पास गरेका हुन् । भाषा परीक्षा पास गरेका मध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्र्तीण गरेको कोरियाको मानव शंसोधन केन्द्र एच. आर. डी.ले जनाएको छ ।

ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्ने छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

केन्द्रले २०२० को लागि सम्पूर्ण इपीएस लागू भएका देशबाट गत वर्षमा झैं सि.बि.टि.र पि.बि.टि. का लागि ५६ हजार जनाको कोटा इपिएसद्धारा सार्वजनिक गरिएको छ । उत्पादनमूलक क्षेत्रमा ४० हजार ७ सय, कृषि तथा पशुपालन तर्फ ६ हजार ४ सय, मत्स्यपालन तर्फ ३ हजार, निर्माण क्षेत्रतर्फ दुई हजार ३ सय, सर्भीस क्षेत्रतर्फ १ सय र अन्यमा ३ हजार ५ सय रहेको इपिएसले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार