गृहपृष्ठ Featured प्रहरी निरिक्षक सुवास खड्काको भव्य रुपमा विदाई

प्रहरी निरिक्षक सुवास खड्काको भव्य रुपमा विदाई

इलाका प्रशासन कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक सुवास खड्कालाई बुद्धभूमि नगरपालिकाले भव्य कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । खड्का विगत १ वर्षदेखि बुद्धभूमि नगरपालिकाको इलाका प्रहरी कार्यालय गोरुसिंगेमा राष्ट्रसेवकको रुपमा सेवा गर्दै आउनुभएको थियो । छोटो समयको बसाइसँगै प्रशंसनीय कार्य गरेका प्रहरी निरिक्षक खड्काको भक्तपुर सरुवा भएको हो ।

विदाई कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले शान्ति सुरक्षाको व्यवस्था विना विकास सम्भव नभएको बताउनुभयो । उहाँले प्रहरी निरिक्षक खड्काले गरेका कार्यको प्रशंसा गर्दै राष्ट्र सेवकहरुको काँधमा देशको महत्वपूर्ण जिम्मा भएकोले आगामी दिनमा समेत राष्ट्रका लागि यस्तै कर्मठ सेवकको खाँचो रहको स्पष्ट पार्नुभयो ।

यस्तै उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले राष्ट्र सेवकलाई स्वागत तथा विदाई गर्ने राम्रो परम्पराको थालनी भएको बताउनुभयो । उहाँले राष्ट्रका लागि शान्ति सुरक्षा सहितको विकास खाँचो पर्ने धारणा राख्नुभएको थियो ।

विदाई कार्यक्रममा प्रहरी निरिक्षक सुवास खड्काले बुद्धभूमिको बसाई अवस्मरणीय रहको बताउनुभयो । उहाँले सद्भाव, समन्वय र माया पाएकोले काम गर्न हौसला बढेको बताउनुभयो । कार्यक्रममा व्यक्ति परिवार र समाजको समन्वयमा मात्रै समाजलाई शान्त अपराध मुक्त बनाउन सकिने धारणा राख्नुभएको थियो ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, स्थानीय, बुद्धिजिवी, पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन खेकराज पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार