गृहपृष्ठ Featured ७ प्रदेशका ५० बढी चरा संरक्षणकर्मी जगदशीपुर तालमा

७ प्रदेशका ५० बढी चरा संरक्षणकर्मी जगदशीपुर तालमा

प्रकाशित मिति:

नेपाल पंक्षी संरक्षण संघले नेपाल भ्र्रमण बर्ष २०२० लाई लीक्षत गरी बिश्व सीमसार क्षेत्र जगदीशपुर ताल नजिकै ३ दिने राष्ट्रिय कार्यशाला सुरु गरेको छ ।

कपिलवस्तु नगरपालिका– ९ जगदीशपुर होम स्टेमा नेपाल पंक्षी संरक्षण संद्धारा आयोजित कार्यशालाको प्रदेश नम्बर ५ का पर्यटन मन्त्री लिला गिरीले ब्यानर उघारेर कार्यक्रम उद्घाटन गर्दै जगदीशपुर तालको बृहद बिकाश गुरु योजना बनाएर गर्नु पर्ने बताए । प्रदेश सरकारले निग्लीहवालाई प्रमुख गन्तब्य घोषणा गरेको र जगदशीपुर त्यस क्षेत्रको प्र्रमुख स्थलमा परेको उनले बताए । ‘ जगदशीपुरको विकासमा प्रदेश सरकारले चासो लिएको छ, स्थानीय निकायले पनि यसको अग्र्रसरता लिनु पर्छ ’ उनले भने । उनले जगद्रीशपुरको विकासमा स्थानीयबासीले समेत अपनत्वग्रहण गर्नु पर्ने बताए ।

जगदीशपुर ताचलको योजनाबद्ध विकास गरी त्यसभेगका जनताको रोजागरी र आयआर्जना बढाउनु पर्ने बताए । पर्यटन मन्त्री लिला गिरिीले वातावरण संरक्षण र जैविक विविधता कायम गर्नको लागी प्रदेश सरकार लागेको बताए । साथै स्थानीय वन,पोखरी, ताल,मन्दिर जस्ता स्थानहरुको सरक्षण गर्नको लागी स्थानीय तह, स्थानीय नागरिक र प्रदेश सरकार लाग्नु पर्ने र त्यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए ।

साथै पर्यटन वर्ष २०२० लाई सफल पार्न आम नागरिक लाग्नुपर्ने र काम गर्दा सकै मिलेर काम गर्ने वातावरण वनाउन समेत मन्त्री गिरीले आग्रह गरे । उनले कार्यशालाबाट नेपालमा रहेका पंक्षीहरुको संरक्षण र पर्यकीय विकासका ठोस कुराहरु आउने बिश्वास ब्यक्त गरे । सो अवसरमा प्रदेश नम्बर ५ का सामाजिक विकास समतिका संयोजक दीर्घनारायण पाण्डेयले प्र्राकृपतिक बिबिधताले भरिएको जगदशीपुर ताल पर्यटकीय हिसाबले महत्वपुर्ण स्थल रहेको बताए ।

उनले तालको विकासमा ढिलाई भएको भन्दै अब यसको विकास चाडो गर्नु पर्ने बताए । सो अवसरमा प्रदेश सदस्य सहसराम यादव, धरम बहादुरलाल श्रीवास्तव, सहसराम यादव, अर्जुन केसीले जगदशीपु तालको विकासमा प्रदेश सरकारले ठोस लगानी गर्नु पर्ने बताए । यसकालागि प्रदेश सरकारमा योजना लैंजाने उनीहरुले प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा सघकी प्रमुख कार्यकारी अधिकृत ईशाना थापाले पंक्षी स्रंरक्षण सम्बन्धी कार्य प्र्रस्तुत गरेकी थिईन । जगदशीपुर बहुसरोकार जलायस ब्यवस्थापन समितिका अध्यक्ष ललति गुरुङको अध्यक्षता, अब्दुल रसिद खाको स्वागतमा भएको कार्यक्रममा नेकपा नेता बावुराम खनाल लगातयाले शुभकामना मन्तब्य दिएका थिए ।

संघका उपाध्यक्ष करन शाहका अनुसार नेपालमा वन वातावरण तथा चरा संरक्षणमा लागेका ७ प्रदेशका ४० जिल्लाबाट ५० बढि अभियानकर्मी प्रतिनिधीहरु कपिलवस्तुको जगदिशपुर तालमा आएका छन् । कार्यशालामा आधा दजृन कार्यपत्र समेत प्र्रस्तुत हुने कार्यक्रम अििधकृत भुपाल नेपालीले बताए । जलवायु परिर्वतन संगै वन वातावरण तथा जनावर तथा चराहरुमा पर्न लागेको समस्या समाधानका बिषयमा छलफल हुनेछ । कार्यशाला वाट चरा सरक्षण तथा वन वातावरणको क्षेत्रमा अभियानकर्मीले गर्ने कामहरुको बारेमा योजना वनाइने पक्षंी संरक्षण संघका उपाध्यक्ष प्राध्यापाक करण शाहले बताए ।

सम्बन्धित् समाचार