गृहपृष्ठ Featured शुद्धोदन जन जिवन मा.विमा खेल सप्ताहको तेस्रो दिन दुई खेल सम्पन्न ,

शुद्धोदन जन जिवन मा.विमा खेल सप्ताहको तेस्रो दिन दुई खेल सम्पन्न ,

प्रकाशित मिति:

राष्ट्रको लागि खेलकुद , स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ श्री शुद्धोदन जन जिवन माध्यामिक विद्यालय वाणगंगा ९ जिनुवाले आयोजना गरेको खेल सप्ताहको तेस्रो दिन दुई खेल सम्पन्न भएका छन् ।

  स्लो साइकल रेसमा सहभागि हुदैँ विद्यार्थीहरु

शिक्षक विष्णु प्रसाद बेल्वासेको संयोजकत्व मा लङग जम्प खेल सम्पन्न भए जसमा छात्रा तर्फ तुल्सा कुमालले प्रथम स्थान हासिँल गरिन भने छात्र तर्फ नम बहादुर मगरले प्रथम स्थान हासिँल गरेका छन् ।

आजै भएको अकोै खेल शिक्षक भागिरथ न्यौपानेको संयोजकत्वमा स्लो साइकल रेस सम्पन्न भएको हो जसमा छात्रतर्फ तिलौराकोट सदनका माधव थापाले प्रथम स्थान हासिँल गरे भने छात्रा तर्फ सुस्मा कुमालले प्रथम तथा गोमा खङ्काले दास्रो स्थान हासिँल गरेको खेल संयोजक शिक्षक मनोज कुमार खत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार