नवौँ कपिलवस्तु डान्स आइडलमा द्धितिय बन्न सफल अमिशा विश्वकर्मालाई बाणगंगा २ राजपुरमा रहेको ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलले पूर्ण छात्रवृत्ति दिने भएको छ । ११ औँ कपिलवस्तु महोत्सवको अवसरमा भएको डान्स आइडलमा सहभागी भएर द्धितिय भई विद्यालयको नामलाई उँचो बनाउन सफल भएकोले कक्षा ९ मा अध्धयनरत छात्रा विश्वकर्मालाई पौष १ गतेबाट लागु हुने गरी छात्रवृत्ति दिने निणर्य भएको हो ।
गरिब, जेहेन्दार तथा कुनै पनि प्रतिभा र क्षमता भएका विद्यार्थीलाई विद्यालयले निरन्तर रुपमा यस्ता कार्यक्रममार्फत् हौसला प्रदान गर्दै आइरहेको छ । त्यसै अन्तर्गत विद्यालयले निर्णय गरेर उनलाई छात्रवृत्ति दिएको हो । अमिसाले एसईई नसकिँदासम्म विद्यालयमा निशुल्क पढ्न पाउने विद्यालयका प्रिन्सिपल रोमकान्त घिमिरेले जानाकारि दिए ।
अमिशाले अडिसन दिन आएका १ सय ५० बढी प्रतिस्पधी हरुलाई पछि पार्दै द्धितिय स्थान हासिल गर्न सफल भएकी हुन । पुरस्कार स्वरुप उनले नगद ६६ हजार, ६ सय ६६ र थुप्रै उपहार पनि पाएकी थिइन ।
यसैबीच अमिशालाई बाणगंगा नगरपालिका वडा नम्बर २ ले पनि सम्मान गरेको छ । डान्स आइडलमा सहभागी भएर वडाको नाम उच्च हुने गरी सफलता हासिल गरेकाले उनलाई वडा कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मानपत्रद्धारा सम्मान गरिएको वडाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।