गृहपृष्ठ Featured डान्स आईडलमा द्धितिय भएकि अमिशालाइ ज्ञानपुञ्ज बोर्डिङ स्कुलले पूर्ण छात्रवृत्ति दिने

डान्स आईडलमा द्धितिय भएकि अमिशालाइ ज्ञानपुञ्ज बोर्डिङ स्कुलले पूर्ण छात्रवृत्ति दिने

नवौँ कपिलवस्तु डान्स आइडलमा द्धितिय बन्न सफल अमिशा विश्वकर्मालाई बाणगंगा २ राजपुरमा रहेको ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलले पूर्ण छात्रवृत्ति दिने भएको छ । ११ औँ कपिलवस्तु महोत्सवको अवसरमा भएको डान्स आइडलमा सहभागी भएर द्धितिय भई विद्यालयको नामलाई उँचो बनाउन सफल भएकोले कक्षा ९ मा अध्धयनरत छात्रा विश्वकर्मालाई पौष १ गतेबाट लागु हुने गरी छात्रवृत्ति दिने निणर्य भएको हो ।

गरिब, जेहेन्दार तथा कुनै पनि प्रतिभा र क्षमता भएका विद्यार्थीलाई विद्यालयले निरन्तर रुपमा यस्ता कार्यक्रममार्फत् हौसला प्रदान गर्दै आइरहेको छ । त्यसै अन्तर्गत विद्यालयले निर्णय गरेर उनलाई छात्रवृत्ति दिएको हो । अमिसाले एसईई नसकिँदासम्म विद्यालयमा निशुल्क पढ्न पाउने विद्यालयका प्रिन्सिपल रोमकान्त घिमिरेले जानाकारि दिए ।

अमिशाले अडिसन दिन आएका १ सय ५० बढी प्रतिस्पधी हरुलाई पछि पार्दै द्धितिय स्थान हासिल गर्न सफल भएकी हुन । पुरस्कार स्वरुप उनले नगद ६६ हजार, ६ सय ६६ र थुप्रै उपहार पनि पाएकी थिइन ।
यसैबीच अमिशालाई बाणगंगा नगरपालिका वडा नम्बर २ ले पनि सम्मान गरेको छ । डान्स आइडलमा सहभागी भएर वडाको नाम उच्च हुने गरी सफलता हासिल गरेकाले उनलाई वडा कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मानपत्रद्धारा सम्मान गरिएको वडाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार