गृहपृष्ठ Featured कपिलवस्तुको जगदिशपुर तालमा युवाको शव फेला

कपिलवस्तुको जगदिशपुर तालमा युवाको शव फेला

प्रकाशित मिति:

कपिलवस्तु नगरपालिका वडा नं ९ जग्दिशपुर तालमा एक युवाको शव फेला परेको छ । वडा नं १० का ४७ वर्षिया नगिना सिंह क्षेत्रीको ताल भित्र आधा शरिर पानीमा र आधा बाहिर भएको अवस्थामा शव फेला परेको हो । अस्थाई प्रहरी पोष्ट जहदीका असई योगेन्द्र यादवका ले दिएको जानकारी अनुसार युवाले अत्यधिक मदिरा सेवन गरेका कारण लडेर मुत्यु भएको हुन सक्ने बताए ।

शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा लैजाने तयारी भैरहेको बताईएको छ । यता स्थानियहरुले शवको माथिबाट ज्याकेट राखेको जस्तो रहेको र नजिकै ढुङ्गा समेत रहेको हुदा घट्ना शंकाष्पद भएको जनाएका छन् ।

साभार

सम्बन्धित् समाचार