गृहपृष्ठ खबर आई.एस.ए. प्राप्त गर्न सफल विद्यालयलाई सम्मान गर्दै प्याब्सन वाणगंगा नगर कमिटीको तेस्रो साधारण सभा सम्पन्न

आई.एस.ए. प्राप्त गर्न सफल विद्यालयलाई सम्मान गर्दै प्याब्सन वाणगंगा नगर कमिटीको तेस्रो साधारण सभा सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु / पुस , ५ /

निजी तथा आवासीय अर्गनाइजेशन नेपाल (प्याब्सन) वाणगंगा नगर कमिटीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सन केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनाल, आई.एस.ए. प्राप्त गर्न सफल वाणगंगा मावि गजेहडा त्यसैगरी ज्ञानपुञ्ज बोर्डिङ स्कुल राजपुरलाई सम्मान गरिएको थियो ।

शुक्रबार जितपुरमा सम्पन्न साधारण सभामा बोल्ने अधिकांश बक्ताहरुले निजी विद्यालयको समस्या र चुनौतिका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याब्सन केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनालले निजी स्कुल सञ्चालनका लागि धेरै चुनौती रहेको भन्दै चुनौतीको सामना गर्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाले सरकारले निजी तथा आवसीय विद्याललाई धेरै कर लगाएतको भन्दै यसका विषयमा प्याब्सन केन्द्रले छलफल गरिरहेको जानकारी दिनुभयो ।

साधारण सभामा प्याब्सन वाणगंगा नगर अध्यक्ष राजु अधिकारीले आर्थिक वर्ष २०७५÷७६ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्याब्सन नगर अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्याब्सन केन्द्रिय सदस्य सरोज खनाल, प्याब्सन प्रदेश ५ का कोषाध्यक्ष केशव सापकोटा, प्याब्सन जिल्ला उपाध्यक्ष सुन्दर पाण्डे, प्याब्सन वाणगंगाका प्रमुख सल्लाहकार रोमकान्त घिमिरे, जिल्ला सदस्य नानुमाया खनाल, राजकुमार क्षेत्री, दिपक अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन डिवि थापाले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार