गृहपृष्ठ खबर लिटल स्टार ISA यात्रामा अगाडि बढ्दै , खाना महोत्सव सम्पन्न

लिटल स्टार ISA यात्रामा अगाडि बढ्दै , खाना महोत्सव सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु , पुस ८ ।
कपिलवस्तु जिल्ला ओदारीमा रहेको प्रतिष्ठित निजी विद्यालय हथौसा लिटल स्टार सेकेन्डरी बोर्डिङ स्कुलले ISA (अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार ) गतिविधिमा सक्रियता देखाएको छ । ब्रिटिस काउन्सिलद्वारा प्रत्येक वर्ष प्रदान गरिने ISA अवार्ड प्राप्तिको यात्रा स्कुलको प्रास्तवना स्वीकृत भएसँगै यसै वर्षदेखि भएको हो । त्यस अन्तरगत स्कुलले अाज खाना महोत्सव सम्पन्न गरेको छ । ७ ओटा विषयमा प्रोजेक्ट कार्य गरिरहेको र सोही अनुसार आजको कार्यक्रम भएको स्कुलका ISA संयोजक होतराज खनालले जानकारी दिनुभयो ।


स्कुलमा रहेका ७ ओटा प्रोजेक्ट मध्येको स्थानीय थारु समूदायका खाना परिकार अन्तर्गत अाज खाना महोत्सव सम्पन्न भएको छ । स्कुलका विद्यार्थी, अभिभावक , विभिन्न क्षेत्रका अतिथि एवम् शिक्षकको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको अासनबाट बोल्दै प्रदेश सभा संसद विष्णु पन्थीले कार्यक्रम तथा ISA यात्रा सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा २४ भन्दा बढी स्थानीय खानाका परिकार तयार गरिएको थियो भने प्यानल छलफलका माध्यमबाट पोषण सम्बन्धि विद्यार्थीका जिज्ञासा समाधान गरिएको थियोे । खाना महोत्सवको अवसरमा विद्यार्थीहरुले विविध संस्कृति झल्काउने गीत , नृत्य तथा पहिरन समेत प्रदर्शन गरेका थिए ।

खाना महोत्सवद्वारा विद्यार्थी तथा अभिभावक वर्गमा खाना र पोषणसम्बन्धि जनचेतना फैलाउने तथा ISA गतिविधिलाई पूर्णता दिन सो कार्यक्रम सञ्चालन गरिएको स्कुलका प्रिन्सिपल सुन्दर पाण्डेले जानकारी दिनुभयो ।।

सम्बन्धित् समाचार