गृहपृष्ठ Featured नेको इन्स्योरेन्स लि.जीतपुर शाखाले गर्यो मृत्यु दावी रकम भुक्तानी

नेको इन्स्योरेन्स लि.जीतपुर शाखाले गर्यो मृत्यु दावी रकम भुक्तानी

प्रकाशित मिति:

नेको इन्स्योरेन्स लि. जीतपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । असार ३० गते वाणगंगा नगरपालिका ४ बुङचीमा स्कुटर दुर्घटनामा परी मृत्यु भएका शेखर भुसालकी पत्नी बिन्दु अर्याल भुसाललाई ७ लाख ४५ हजारको चेक नेको इन्स्योरेन्सको कार्यालयमा शाखा प्रमुख जनक प्रसाद बेल्वासेले हस्तान्तरण गर्नुभएको हो । मृत्यु दावी र औषधी उपचार खर्च बापतको चेक मृतकका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

पछिल्लो समयमा नेको इन्स्योरेन्स लिमिटेडले ग्राहकहरुलाई छिटो छरितो सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीले रु १ लाख सम्मको दावी भुक्तानी रकम दुर्घटना भएको स्थानमै र अन्य दावी समेत छोटो समयमै ग्राहकहरुलाई उपलब्ध गराउँदै आइरहेको छ । नेकोले आफ्ना ग्राहकहरुलाई अग्नि, भूकम्प, मोटर, ईन्जिनियरि,, ट्राभल मेडिकल, समुद्री वा कृषि नीति आदि लगायतका नीतिहरूको विस्तृत श्रृंखला प्रदान गर्ने गर्छ ।
नेपालका सम्पूर्ण जिल्लाहरुमा शाखा विस्तार गरेको गरी ग्राहकहरुलाई सुविधा दिँदै आएको छ । यस इन्स्योरेन्स कम्पनीले विगतका दिनदेखि नै ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिँदै आएको नेको इन्सेरेन्स कम्पनीमा आफ्ना सवारी साधन र सम्पत्तीको बीमा गरी सुरक्षित रहन र ढुक्क रहन शाखा प्रमुख बेल्बासेले सबैलाई अनुरोध गर्नुभएको छ ।

सम्बन्धित् समाचार