गृहपृष्ठ Featured जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीद्धारा सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीद्धारा सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको आयोजनामा मंगलबार परासीमा भएको सडक दुर्घटना न्यूनिकरण सम्बन्धी बैठकमा सो कार्य योजना स्वीकृत गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकीय अधिकृत ज्योति राज अर्यालको संयोजकत्वमा गठित समितिले पेश गरेको सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत गरिएको हो ।

स्वीकृत कार्ययोजनामा तीन पाङ्ग्रे सवारी साधनको ऐन नियम बनाई व्यवस्थापन गर्ने, टिप्परलाई टाइम कार्डको व्यवस्था गर्ने उल्लेख गरीएको छ । कार्ययोजनामा ट्राफिक सचेतना वृद्धि गर्ने, ड्राइभिङ्ग इन्स्टिच्युट र प्रशिक्षार्थीको अनुगमन, गर्ने , सडक अतिक्रमण तथा फुटपाथ व्यवस्थापन, छाडा चौपाया र ओभरलोड नियन्त्रण, मिडिया सम्पर्क कार्यक्रम, ट्राफिक कम्युनिकेशन एप्स

तथा रिफ्रेस सेन्टरको स्थापना जस्ता विषय समेटिएका छन् ।
सो कार्ययोजनाको कार्यान्वयनबाट पश्चिम नवलपरासीमा सडक दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार