गृहपृष्ठ Featured मृगौला पिडित सिंजालीलाई आवर विज्जडमद्धारा २५ हजार सहयोग

मृगौला पिडित सिंजालीलाई आवर विज्जडमद्धारा २५ हजार सहयोग

बाणगंगा नगरपालिका २, कप्टैयाकी २१ वर्षीय रुपा सिंजालीको अर्थ अभावमा मिर्गाैला प्रत्यारोपण गर्नमा समस्या परेको छ । सिंजालीका दुवै मिर्गाैला खराब भएका छन् । उहाँका बुवा झविलाल सिंजालीले छोरीलाई मिर्गौला दिन परीक्षण समेत गरी सक्नु भएको छ तर प्रत्यारोपणका रकम अभाव नै तगारो बनेको छ । मानव अङ्ग प्रत्यापरोण गर्नका लागि करिब १५ लाख चाहिने भए पनि आफूसँग त्यति धेरै रुपैयाँ नभएकोले विभिन्न संघसंस्था, विद्यालय, क्लब, समाजसेवी, अधिकारकर्मी, पत्रकारसँग सहयोगको लागि आग्रह गरेको सिंजालीले बताउनुभयो । करिब १० महिनादेखि बिरामी रहनुभएका सिंजाली उपचार ऋण सापट लिएर भइरहेको छ । अहिले उपचार गराइरहनु भएकी सिंजालीको दुई वटै मिर्गौला खराब भएकाले प्रत्यारोपण गराउनुपर्ने चिकित्सकले बताएकोले रकम संकलनका लागि परेको सिंजालीका बुवाले बताउनुभयो । अहिले मृगौला रोगी सिंजालीको डाइलोसिस भईरहेको छ ।

यसैबीच सिंजालीको अपिलसँगै पारिजात इंगलिस बोर्डिग स्कुलले सिंजालीलाई सहयोग गरेसँगै बाणगंगा १, कपिलवस्तु स्थित आवर विज्जडम इंगलिस बोर्डिग स्कुल, बैरियाले पनि सिंजाली परिवारलाई सहयोग गरेको छ । विद्यार्थी, शिक्षक र विद्यालयबाट रकम संकलन गरी २५ हजार ५ रुपैयाँ सहयोग गरेको विद्यालयका प्राचार्य नारायण शर्मा न्यौपानेले बताउनुभयो । न्यौपानले सिंजाली परिवारलाई मृगौला प्रत्यारोपणका लागि केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

 

 

मानवीय कार्य मृगौला प्रत्यारोपणका लागि सहयोग गर्दा पुन्य मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ पौडेलले बताउनुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका पौडेलले सेवा नै धर्म भएको र मृगौला रोगीहरुलाई सहयोग गर्दा धर्म सेवा गरे बराबर पुन्य मिल्ने हुँदा सबै व्यवसायीहरुले गम्भीर प्रकृतिका रोगीलाई सहयोग गर्न आग्रह गर्नुभयो । विद्यालयले गरेको सहयोग रकम सिंजालीका बुवा झविलाल सिंजालीलाई हस्तान्तरण गरिएको हो । आर्थिक अभावमा मृगौलाको उपचार गर्न समस्या भएपछि  सिंजाली परिवारको आग्रहमा सहयोग गरिएको विद्यालयले जनाएको छ । सिंजालीलाई सहयोग गर्न ग्लोबल आई.एम.ई.को मृगौला रोगीका बुवा झविलाल सिंजालीको खाता नं. ०७५१०४०४८५४९०१ मा रकम जम्मा गरिदिन सकिने सिंजाली परिवारले जनाएको छ ।

सम्बन्धित् समाचार