उर्मिला यादव सुनवल । पुस ,१० ।
पुस महिना सुरु भएसंगै बढेको चिसोको कारण पश्चिम नवलपरासीमा न्यानो कपडाको ब्यापारमा बृद्धि भएको छ । अन्य समय भन्दा चिसोमा न्यानो कपडाको आवश्यकता पनि त्यत्तिकै हुने भएकोले गर्दा पनि कपडाको ब्यापारमा बृद्धि भएको हो ।
जति जति चिसो बढदै जान्छ त्यति नै न्यानो कपडाको आवश्यकता पर्ने भएकोले गर्दा पनि मानिसहरु न्यानो कपडा किन्नका लागी बजारमा धाउने गरेका छन । पछिल्लो समय चिसो हावा र पश्चिमी बायुको प्रभावले मौसममा आएको परिर्वतनले तराइको जनजिवन प्रभाबित भएको छ । केहि दिन देखी बढेको चिसोको कारण बिशेष गरी बालबालिका , बृद्धबृद्धा लगायत सबै उमेर समुहका मानिसहरु प्रभाबित हुने भएकोले गर्दा पनि अहिले जाडो छल्नका लागी कपडाहरुको ब्यापारमा बृद्धि भएको छ ।
जाडो बढे संगै कपडाको ब्यापार एकदमै राम्रो भएको र जाडोमा खास गरी ज्याकेट, ट्राउजर जस्ता कपडाको ब्यापारमा बृद्धि भएको सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीका आरभ फेन्सी कलेक्शनका प्रोपाइटर अम्बेश क्षेत्रीले बताउनु भएको छ । उहाले जाडो महिनामा एक दिनमा कम्तीमा पनि ८० हजार रुपैया बराबरको ब्यापार हुने गरेको बताउनु भएको छ ।
चिसोको समयमा बजारमा खासै चहलपहल नबढे पनि कपडा पसलमा भने ग्राहकहरुको चहलपहल उत्तिकै बढेको देख्न सकिन्छ । अहिले अत्यधिक चिसो बढेकोले गर्दा बिशेष गरी जाडोमा न्यानो कपडामा ज्याकेट, टयाक्सुट , गलबन्दी ,मोजा, हुड, हाइनेक , टोपी लगायतका कपडाहरुको धेरै बिक्री भएको सुनवल १२ भुमही गहै कालिका फेन्सीका प्रोप्राइटर नारायण प्रसाद भण्डारीले बताउनु भएको छ । उहाले जति नै चिसो बढदै जान्छ त्यत्ति नै न्यानो कपडाको ब्यापारमा बृद्धि हुदै गएको बताउनु भएको छ ।
उहाका अनुसार चिसो घटे संगै न्यानो कपडाको ब्यापारमा पनि कमी आउने गरेको छ । तर अहिले अत्यधिक चिसो बढेका कारणले गर्दा पनि एक दिनमा ४०÷५० हजारको हाराहारी न्यानो कपडाहरु बिक्री गर्न सफल भएको बताउनु भयो । भण्डारीले गतबर्ष भन्दा यो बर्षको जाडोमा ब्यापार सन्तोष जनक रहेको बताउनु भएको छ ।