गृहपृष्ठ खबर सूर्यग्रहणका कारण पश्चिम नवलपरासीका विद्यालयहरु बन्द ।।

सूर्यग्रहणका कारण पश्चिम नवलपरासीका विद्यालयहरु बन्द ।।

प्रकाशित मिति:

उर्मिला यादव । सुनवल । पुस १० ।
आज बिहान ८ः४२ मा सुरु भएको खण्डग्रास सूर्यग्रहण बिहान ११ बजेर ३१ मिनेटमा सकिएको छ ।
पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भएको हो । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको थियो ।

यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।

खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएको थियो ।

यस्तै गरी
आज बिहान सूर्यग्रहण लागेका कारण पश्चिम नवलपरासीमा रहेका प्याव्सनमा आवद्ध सवै निजी विद्यालयहरु बन्द भएका छन
ग्रहण लागेका वेला विद्यार्थीहरुलाई पठनपाठनमा समस्या आउने भएकाले विदा दिइएको पश्चिम नवलपरासीका प्याव्सन अध्यक्ष इन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

यस्तै गरी आज बिहान सूर्यग्रहण लागेका कारणले सुनवल नगरपालिकाको शिक्षा शाखाले पनि सुनवल नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा एक दिन विदा दिएको जनाएको छ । जाडो विदाबाट कटौती हुनेगरि आज स्थानीय विदा दिइएको नगर शिक्षा शाखाले जनाएको हो ।

यसैगरि आज लागेको खण्डखग्रास सूर्यग्रहणमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका भित्रका शैक्षिक संस्थालाई बिदा दिईएको गाउपालिकाले जनाएको छ ।
गाउँपालिका अनुसार अतिरिक्त मातहतमा रहेका सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सम्पूर्ण कार्यालयहरुमा आज एक दिन सार्वजनिक बिदा दिइएको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

यस्तै गरी पुर्वी नवलपरासी लगायत रुपन्देहीको तिलोत्तमा र कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक बिदा दिइएको सम्वन्धीत स्थानीय तहले जनाएका छन् ।

यस्तै गरी आज बिहान सुर्य ग्रहण लागेका कारण सुनवल नगरपालिकाको वडा नम्बर ११ जर्गाहाको बिश्वेश्वर शिवालय मन्दिर र मिश्रौलीको शिवमन्दिरमा भक्तजनहरुले भजन किर्तन समेत गरेको मन्दिर ब्यवस्थापन समितीले जनाएको छ ।

सम्बन्धित् समाचार