कपिलवस्तु । पुस १० । कपिलवस्तुको शैक्षिक धरोहर सिद्धार्थ क्याम्पसबाट क्यूएए टोली बिहीबार एक कार्यक्रमबिच बिदाइ भएको हो । ४ दिनदेखि क्याम्पसमा परीक्षणका लागि आएको टोलीले बिहीबार विद्यार्थीको प्रतिभालाई मूल्यांकन गरेका थिए ।
४ दिनको बसाइँमा गरेको मूल्यांकनका आधारमा टोलीले प्रतिवेदन तथा अङ्क विश्व विद्यालय अनुदान अायोगमा पेश गर्नेछ । सोही अङ्कका आधारमा क्याम्पसले क्यूएए मान्यता पाउने नपाउने निश्चित हुनेछ ।
क्यूएए प्रक्रियामा गएपछि क्याम्पस सबैको सरोकारको विषय बनेको छ । सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्ची कपिलवस्तुमा विश्व विद्यालय अनुदान आयोगको टोली सोमबार आएको थियो । टोलीले क्याम्पसमा कक्षाकोठा अवलोकन , शिक्षक, विद्यार्थी , अभिभावक , कर्मचारी तथा पूर्व विद्यार्थीहरु सँग छुट्टाछुट्टै अन्तर्क्रिया तथा छलफल गरेको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर (क्यूएए) प्रकृयामा रहेको क्याम्पसलाई क्युएए प्रदान गर्ने शिलशिलामा अन्तिम चरणको भ्रमणमा टोली आएको हो । टोलीलाई क्याम्पसमा भब्य स्वागत गरिएको थियोे । यस परीक्षणमा क्याम्पस सफल भएमा ५ वर्षका लागि क्याम्पसले क्यूएए मान्यता प्राप्त गर्नेछ ।
प्रा.डा. तथा पिआरटी संयोजक जयराज अवस्थी, प्रा.डा. रत्नमाला आर्या, प्रा.डा. मिना विद्या मल्ल, प्रा.डा. कमलदीप ढकाल र सदस्य ममता प्रजापतिसहितको ५ जनाको टोली कपिलवस्तु आएको हो ।
क्याम्पस संचालक समिति, क्याम्पस प्रमुख, सम्पूर्ण प्राध्यापक, स्वतन्त्र विद्यार्थी यूनियन, भूतपूर्व विद्यार्थी यूनियन तथा बिभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधिले उहाँहरुलाई फूलमालाले स्वागत गर्नुभएको थियोे ।