गृहपृष्ठ खबर गोरुसिङ्गे ससुरा हत्याकाण्डमा बुहारी कै संलग्नताः सिआईबी

गोरुसिङ्गे ससुरा हत्याकाण्डमा बुहारी कै संलग्नताः सिआईबी

कपिलवस्तु । पुस ।
केही समयदेखि सबैको चासो बनेको घटनाको सत्य तथ्य कुरा बाहिर अाएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेस्थित धनराज पौडेलको हत्या बुहारीले नै गरेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) को टोली कपिलवस्तु आएको थियो ।

उक्त सिआईबीको टोलीले धनराजको हत्या लक्ष्मीले नै गरेको अनुसन्धान रिर्पोट निकालेको छ । लामो समयको अनुसन्धान पछि घटनाको आरोपित पत्ता लागेको प्रहरीले स्रोतले जनाएको छ । घटनाको आरोपितलाई कपिलवस्तु प्रहरीले पत्रकार सम्मेलन आयोजना गरेर सार्वजिनक गर्ने तयारी गरेको छ । गत मंसिर १३ गते दिउँसो धनराजकी बुहारी लक्ष्मी पौडेलले ससुराको हत्या गरेको अनुसन्धानले देखाएको हो ।

कपिलवस्तु प्रहरीले केही दिनमै आरोपित लक्ष्मीलाई जिल्ला अदालत पठाउने तयारी गरेको जनाइएको छ । विशेष स्रोतका अनुसार बुहारी लक्ष्मीले हत्या गरेको स्विकार नगर्दा घटना सार्वजनिक हुन समय लागेको हो ।

लक्ष्मी हत्या भएकै दिन प्रहरी नियन्त्रणमा आइसकेकी छिन । ससुराको हत्यामा उनकै संलग्नता रहेको आशंका लागेपछि उसै दिन इलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित् समाचार