गृहपृष्ठ Featured सैनामैनामा निःशूल्क छाला रोग शिविर सुरु

सैनामैनामा निःशूल्क छाला रोग शिविर सुरु

रुपन्देहीको सैनामैना नगरपालिकाको आयोजनामा निःशूल्क छाला रोग शिविर सुरु भएको छ ।

सैनामैना ६ कलौंनीमा रहेको दुधराक्ष स्वास्थ्य चौंकीमा शुक्रबार बिहान १० बजेदेखि शिविर सुरु भएको हो । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले शिविरको उद्घाटन गर्दै नगरपालिकाले नगरबासीको स्वास्थ्य अवस्थालाई ख्याल गरेर विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए ।

जनचेतनाको अभावले गर्दा मानिसहरु रोग लागेपनि लुकाएर बस्ने भएकाले नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरि स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए । उनले महिलाकोहरुको लागि पाठेघर शिविरि पौष २१ गतेसञ्चालन गरिने समेत जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले शिविरले मानिसमा जनचेता फैलाउन मद्धत पुराउने बताए । छाला सम्बन्धी विभिन्न रोग लागेपनि मानिसले लुकाएर होईन उपचार गर्नको लागि अस्पताल जानको लागि सुझाब दिए ।

वडा नं. ६ का वडा अध्यक्ष तथा दुधराक्ष स्वास्थ्य चौकीका अध्यक्ष बसन्त पाण्डेयले हेल्थपोष्टमा निःशूल्क उपचार र औषधी पाईने भएपनि मानिसहरु उपचारको लागि क्लिनिक धाउँनु गलत भएको टिप्पणी गरे ।

हेल्थपोष्टमा दक्ष जनशक्तिबाट नै उपचार हुने गरेको उनले बताउँदै स्वास्थ्य चौंकीलाई विश्वास गर्न उनले आग्रह गरे । दुधराक्ष स्वास्थ्य चौंकीमा ल्याबको स्थापनाको तयारी गरिएको अध्यक्ष पाण्डेयले बताउँदै स्वास्थ्य चौंकबाट गुणस्तरिय सेवा प्रदान गरिने बताए ।

छाला रोज विषेज्ञ डाक्टर बिक्रम ज्ञवालीले छाला , सौन्द्रय ,तथा यौंन रोगसँग सम्बन्धी शिविरमा चेकजाँच हुने जानकारी दिए । मानिसको सबै भन्दा ठुलो अंग छाला भएपनि हेरचाह र उपारमा ध्यान नदिनु दुखद भएको उनले बताउँदै छाला ठिक भए मात्र मानिस स्वस्थ्य र सुन्दर हुने बताए । छालासँग सम्बन्धी कुनै समस्या भएको विषेज्ञलाई देखाउनलाई आग्रह गरे । शिविर साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित् समाचार