गृहपृष्ठ खबर सडक दुर्घटना न्यूूनिकरण गर्न ट्राफिक सचेतना कार्यक्रम दल्दले चोकमा

सडक दुर्घटना न्यूूनिकरण गर्न ट्राफिक सचेतना कार्यक्रम दल्दले चोकमा

नवलपुर क्षेत्रमा सवारी दुर्घटना अत्याधिक हुन थालेपछि विभिन्न निकायहरु त्यसको न्यूनिकरणको लागि कृयाशील हुन थालेका छन् । विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरे केहि हदसम्म भएपनि दुर्घटना घट्न सक्छ भन्ने आकलन ट्राफिक प्रहरीले गरेपछि अहिले विभिन्न संघ संस्थाले यस्ता कामहरु गर्न थालेका छन् ।

नवलपुर ड्राइभिङ ब्यवसायी संघ र ड्याड नेपालको संयुक्त आयोजनामा नवलपुरको दल्दलेमा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम गरियो । सवारी दुर्घटनाका कारणहरु र त्यसबाट बच्ने उपायहरु लेखिएका प्पम्प्लेटसमेत आयोजकले वितरण गरेका छन् । फलफुल चोकमा प्रहरीको समन्वयमा सचेतना मूलक कार्यक्रम गरिएको संघका अध्यक्ष प्रबिन सापकोटाले बताए । आफूुहरु बिशेष गरी सवारी साधनसँग जोडिने व्यवसायी भएकाले आम मानिसहरुलाई सचेत बनाउनुु आफुहरुको दायित्वको महशुस गरि यस्तो अभियान चलाएको संघका उपाध्यक्ष ठाकुर कोइरालाले बताए । सेचतना कार्यक्रममा प्रहरी, ट्राफिक प्रहरी , अटो ब्यवसायी, पत्रकार, चालक , सहचालक तथा स्थानीय समेत सहभागी बनेका थिए ।

अभियान नवलपुरको महेन्द्र राजमार्ग अन्तर्गतका सम्पुर्ण मुख्य मुख्य चोकहरुमा संचालन गर्दै लैजाने र बिस्तारै सडक हुदै विद्यालय,कलेज हरुमा पनि संचालन गरिने ड्याड नेपालका प्रतिनिधिले जानकारी दिएका छन।अभियान अन्तर्गत आगामी कार्यक्रम देवचुलिको शास्वत धाम अगाडी गरिने पनि आयोजकले जानकारी दिएका छन।

सम्बन्धित् समाचार