गृहपृष्ठ Featured हर्टविट एफ एमको दोस्रो साधारण सभा भव्य रुपमा सम्पन्न

हर्टविट एफ एमको दोस्रो साधारण सभा भव्य रुपमा सम्पन्न

प्रकाशित मिति:

म्याजिक ईन्टरटेनमेन्ट मिडिया प्रा.लि. द्धारा सञ्चालित हर्टविट एफ एम ९१.३ मेगाहर्जको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तुको चार नम्बर जितपुरमा वि.स. २०७४ साल साउन १३ बाट सक्रिय रुपमा प्रसारणमा आएको उक्त एफ.एमको दोस्रो साधारण सभा कार्यक्रम श्रीपेच होटलको सभाहलमा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष कृष्ण प्रसाद भट्राईले आर्थिक बर्ष २०७५÷७६ को वार्षिक प्रगति प्रतिवेदन पस्तुत गर्दै निती तथा कार्यक्रमको बारेमा स्पष्ट  पारेका थियो ।

अध्यक्ष भट्राईले एफ एमले अत्यन्त सक्रियता, सफलता पूर्वक एक वर्ष पार गरी दोस्रो वर्षमा महत्वपूर्ण क्षणको अवसरमा आएको बताए । उहाँले कपिलवस्तु जिल्लाको उत्तरी क्षेत्र सुन्दर नगरी, ऋषिमुनिको यो तपोभूमि जिल्लाकै र वाणगंगा न. पा. को पनि महत्वपूर्ण स्थान ४ नम्बर बजार व्यस्त ठाउँ लोकमार्गमा अवस्थित जिल्लाकै प्रथम व्यावसायिक संचार गृह एफ एम रेडियो बन्न र भन्न पाउँदा आफैंमा गर्वको अनुभुति भएको जिकिर गरे ।

अध्यक्ष भट्राईले राजनितिक गन्ध बिहिन, कसैको मुखपत्र नबनी साझा सबैको जनमनको आवाज बुलन्द पार्ने सत्य सूचनाको संबाहक, आवाज विहिनको आवाज, सवैको साझा ढुकढुकी बन्न सफल भएकोमा सञ्चालक समितिका पदाधिकारी, सम्पुर्ण शेयर सदस्य तथा कर्मचारी प्रति आभार प्रकट गरे । उहाँले मानवीय कमि कमजोरीहरु औंल्याइदिएर अरु राम्रो बन्ने दिशातर्फ समालोचना, सुझाव सल्लाह दिएर सहयोग पुर्याउन अनुरोध गर्दै रेडियोले राजनीतिक खिचातानी अफवाह झूठको खेती तथा पित पत्रकारीता कदावी नगर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले स्थानीय तह बनेसंगै सञ्चारकर्मीको भुमिका थप भएको बताए । उहाँले आफु अहिले स्थानिय तहको विकासमा केन्द्रित भएकोले यसलाई थप माथि पु¥याउँन सञ्चारकर्मीको अहम भुमिका रहने बताउँदै आफु पनि मिडियामैत्री भएकोले हर्टविट एफ.एफलाई आवश्यक पर्ने सहयोग गर्ने बताए ।

नगर प्रमुख शाहले हर्टविट एफ एम एक निष्पक्ष र तस्टथ मिडिया हो भन्ने बाहिर सकारात्मक प्रचार भएकोमा आफु खुसी भएको बताए । उनले संघिय र प्रदेश सरकारले स्थानिय सरकारलाई बलियो बनाउँने हो भने शिक्षा, स्वास्थ्य, रोजगारका साथसाथै स्थानिय मिडियाको पनि प्रवद्र्धन हुने बताउँदै संस्थाको दोस्रो वार्षिक साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनाल, समाजसेवी राजेन्द्र विक्रम शाह, वडा नं. ८ का वडाअध्यक्ष गुणानिधि भुसाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य कमल आचार्य, पुर्वशिक्षक तथा समाजसेवी नन्द किशोर शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टी वाणगंगाका नगर अध्यक्ष गिरिराज कंडेल लगायतले शुभकामना मन्तब्य दिँदै हर्टविट एफ एम कपिलवस्तु जिल्लाको एक तटस्थ, निष्पक्ष र विश्वशनीय सञ्चार माध्यम रहेकोमा कुनै द्धिविधा नरहेको दावी गरेका थिए । उहाँहरुले हर्टविट एफ एमलाई कुनै पनि प्रकारको सहयोग गर्न आफुहरु हर्दम तयार रहेको बताएका थिए ।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद भट्राईको अध्यक्षता, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यता, विभिन्न संघ संस्था, विद्यालय तथा विभिन्न राजनितीका दलका प्रतिनिधिहरु, संस्थाका शेयर सदस्य तथा सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रममा संस्थाका सहसचिव धातानन्द भुसालको स्वगत रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु प्रसाद अर्यालले गरेका थिए ।

सम्बन्धित् समाचार