दोस्रो बाणगंगा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोतिगा आइतबार सम्पन्न भएको छ । पौष १० गते देखि जारि खेलमा तिन वटा खेल सम्पन्न भएका छन ।
खेलमा बाणगंगा नगर भित्रका ३१ विद्यालयहरु को सहभागिता रहेको थियो । उत्त आयोजनामा १० गोल्ड मेडल सहित हेमराज मा वि हथैसा प्रथम , ९ गोल्ड मेडल सहित बाणगंगा मा वि गजेहडा द्धितिय ,४ गोल्ड मेडल सहित जनता मा वि पिपरा तृतिय भएका हुन । खेलमा तिन प्रकारका खेलहरु खेलाईएको थियो ।

जसमा भलिवल , कवडि ,एथलेटिक्स लगाएतका खेलहरु सम्पन्न भएका हुन । कार्यक्रमको उद्धघाटन प्रदेस सांसद बिष्णु पन्थीले गरेका थिए ।
कार्यक्रमको समापन बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले गरेको जिल्ला खेलकुद विकास समितीका कार्यलय प्रमुख मिन प्रसाद पोख्रेलले वैखरी लाई जानाकारि दिए । बाणगंगा नगरपालिकाको आयोजना रहेको खेलमा जिल्ला खेलकुद विकास समितीको संयोजकत्वमा उत्त खेलहरु सम्पन्न भएका हुन ।








