गृहपृष्ठ Featured कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा चोकमा आइतबार राती सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । चोकमा रोकिराखेको बसमा स्कुटर ठोकिदा स्कुटर चालक मधु पन्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राती करिब पौने ९ बजे पश्चिमबाट पूर्व तर्फ आउदै गरेको रोकिराखेको ना ४ ख ७३९३ नंम्बरको बसमा सोहि दिशा आउदै गरेको लु ५६ प ९१२८ नंम्बरको स्कुटर ठोकिदा दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतिलाल योन्जनले बताए ।
घटनामा स्कुटर चालक शिवराज नगरपालिका वडा नं. ५ खसिबजार बस्ने ३० बर्षिय मधु पन्थी र पछाडी बसेका गुल्मी मदाने गाउँपालिका ४ बस्ने ५६ बर्षिय तुल्सी वली घाइते भएका थिए ।

 

घाइते पन्थि र वलीको प्रारम्भीक उपचार संजिवनी सामुदायिक अस्पताल पछि थप उपचारका लागी बुटवल प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती पन्थीको निधन भएको हो । घाइते वलीको उपचार भइरहेको र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार