गृहपृष्ठ Featured दाङ देउखुरी डान्स आइडलको उपाधि जुनियर तर्फ सुहाना र सिनियर तर्फ लक्ष्मीले जितिन

दाङ देउखुरी डान्स आइडलको उपाधि जुनियर तर्फ सुहाना र सिनियर तर्फ लक्ष्मीले जितिन

दाङ देउखुरी डान्स आइडलको उपाधि जुनियर तर्फ सुहाना बुढाथोकीले जितेकी छन भने सिनिय तर्फ लक्ष्मी सुनारलले जित्न सफल भएकी छन । दाङको घोराईमा भएको फिनालेमा जुनियर तर्फ (१२ बर्ष मुनी) सुहाना बुढाथोकी भएकी हुन भने द्धित्तिय अनुषा पुन र पुजा पुन, तृतिय जलजला डागी हुन सफल भए भने स्वम्बिका बस्नेतले बेस्ट डान्सरको उपाधि पाउन सफल भएका छन । सिनियर तर्फ (१२ बर्ष माथि) प्रथम लक्ष्मी सुनार द्धित्तिय प्रगति पुन मगर, तृतिय सुमित पुन मगर हुन सफल भए भने बेस्ट डान्सरको उपाधि एमडि ग्रुपले जित्न सफल भएको आयोजक एमआरडि डान्स इन्ष्टीच्युटका निर्देशक तथा कोरीयोग्राफर धिरज देवकरले जानकारी दिनु भयो ।


आइडलमा सिनियर जुनियर दुवै तर्फ प्रथम हुनेले ५० हजार , मेडल र ग्रिप्mट ,द्धित्तिय हुनेले २५ हजार , मेडल र ग्रिप्mट तृत्तिय हुनेले १५ हजार , मेडल र ग्रिप्mट पाउन सफल भएका छन । आइडलमा प्रमुख निर्णायकका रुपमा बिष्णु थापा र निर्णायकका रुपमा बिशाल ग्रो र हेमन्त पाण्डे रहेको आयोजक एमआरडि डान्स इन्ष्टीच्युटकी अध्यक्ष रेनु श्रेष्ठले जानकारी दिनु भयो । आइडलमा दाङ भित्रका ५ सय जनाको सहभागिता रहेको थियो । आइडलको सञ्चालन अशोक पौडेलले गर्नुभएको थियो भने प्रमुख अथिति लोक दोहोरी गित प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार