गृहपृष्ठ Featured आइसिपिडीेले लिग्यो सन् २०३० सम्ममा दिगो विकास हासिल गर्नेे लक्ष्य

आइसिपिडीेले लिग्यो सन् २०३० सम्ममा दिगो विकास हासिल गर्नेे लक्ष्य

प्रकाशित मिति:

आइसिपिडीको पच्चीस वर्षे यात्राको अवसरमा पत्रकार तथा सरोकारवालाहरुको छलफल कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक बिकासकेन्द्रको साझेदारि र युएनएफपिएको आयोजनामा कपिलवस्तुको बाणगंगा १ बैरिया स्थीत मायादेवि रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । पच्चीस वर्षे यात्रामा रहेको आइसिपिडीले रोकथाम गर्न सकिने मातृमृत्युदर, आधुनिक गर्भनिरोधक साधनहरुको अपुर्ण माग, लैङ्गिक हिंसा र महिला तथा किशोरीले भोगिरहेको समाजमा व्याप्त हानीकारक अभ्यासहरुको अन्त्य गर्नेलक्ष्य प्रति थप प्रतिबद्घता हासिल गर्ने उद्देश्य लिएको छ ।

 

नेपाल लगायत १७९ देशहरुले हस्ताक्षर गरेको आइसिपिडीको कार्ययोजनाले विकासका प्रयासहरुमा महिलाहरुको प्रजनन स्वास्थ्य र अधिकारलाई केन्द्रमा राख्न जोड दिएको युएनएफपिएका संयोजक राम थापाले जानाकारि दिए । सन् १९९४ यता विश्वभर उल्लेखनिय प्रगति हासिल भएता पनि धेरै महिला तथा किशोरीहरुलाई अझै पनि आइसिपिडीको एजेण्डाले छुन नसकेको थापाको भनाई छ ।

विगत २५ वर्षमा भएका उपलब्धिहरु मनाउदै गर्दा वर्तमानको आवश्यकता भनेको बाँकी रहेका अपूर्ण काम पूर्ण बनाउनका लागी एउटा मार्गचित्र तयार गर्ने बताईएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि एबं जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले यस जिल्लामा संघ संस्थाले स्वास्थ्य सम्बन्धि जतिनै कार्यक्रमहरु गर्दै आएको भएता पनि बालुवामा पानी खन्याय सरह भएको बताए । उनले मातृशिशु , परिबारयोजना र लैंगिंक हिंन्सालाई अन्त्य गर्नका लागि नगरपालिका र गाउँपालिकाले निति बनाउनु पर्ने आबश्यक भएको बताउँदै भौतिक निर्माण विकासका मात्र काम नभएर सामाजिक विकासका लागि पनि निती बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै सिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारिले । मानव जिवन संग जोडिएको विषय भएको हुदा संवेदन सिल हुन आवश्यक रहेको बताएका छन ।उनले यर्थातको धरातामा रहेर काम गर्नुपर्ने हुदा मानब जगतको रक्षका लागि स्थानिय निकाय बाट हुने सहयोगका लागि कुनै कुरामा कमिहुन नदिने प्रतिबद्धता जनाए । यस्तै कपिलवस्तु नगरपालिकाका उप प्रमुख लक्ष्मी गुप्ताले बालबालिका हरुलाई ज्ञान दिनु छ भने अपुरो ज्ञान दिनु नहुने बताईन । उनले लैगिंक हिंशा न्युनिकरणका लागि नगरपालिकाको पुर्ण सहयोग रहने जनाईन ।

उत्त कार्यक्रम सिद्धार्थ सामानिक विकस केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता , जिल्ला समन्वय समितीका प्रमुख नारायण खनालको प्रमुख आतिथ्यता ,उप प्रमुख तारावति चैधरि , सिवराज नगरपालिकाका उप प्रमुख सिव कुमारि थारु , बाणगंण नगरपालिकाका उप प्रमुख चक्र अर्याल , लगायतको आतिथ्यता रहेको थियो । सो कर्यक्रममा संस्थाका उपाध्यक्ष सुर्यकुमारि साहिको स्वगत तथा सस्थाका पुर्व अध्यक्ष पोमनारायण पौडेलको संन्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार