गृहपृष्ठ Featured नेपाली काँग्रेसले ४४औँ मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनायो

नेपाली काँग्रेसले ४४औँ मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनायो

प्रकाशित मिति:

नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा आज मनाएको छ ।

यसै सन्दर्भमा काँग्रेसले कपिलवस्तु सहित ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाएको छ । जिल्लामा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरि दिवश मनाईएको नेपाली काँग्रेसले जनाएको छ । सोहिक्रममा वाणगंगा नगरकार्य समितिले कार्यकता भेटघाट तथा विपिको योगदानका विषयमा अन्तरकृया कार्यक्रम आयोजना गरि ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

सो अवसरमा महासमिति सदस्य हरिलाल घिमिरे, दुर्गा सेन, महाधिवेशन प्रतिनिधि टेकवहादुर शाही, छविलाल नेपाली, तरुणदल जिल्ला सभापति शक्ति सिह ठकुरी, कंग्रेस नेता विष्णु प्रसाद न्यौपानेले लगाएतले विपिको योगदान तथा नेपाली काँग्रेसले गरेका कार्यहरुको वारेमा आ आफ्नो भनाई राख्नु भएको थियो ।

नगर सभापति विष्णु थापाको अध्यक्षता, लोकराज गिरिको स्वागत मन्तव्यमा र सचिव रामजि सेनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्कनुभएको थियो ।

सम्बन्धित् समाचार