गृहपृष्ठ Featured मेलमिलाप दिवसकै दिन कांग्रेसमा देखिएन मेल !

मेलमिलाप दिवसकै दिन कांग्रेसमा देखिएन मेल !

काठमाडौँ / नेपाली कांग्रेसका तत्कालीन नेता बीपी कोइराला राष्ट्रीय मेलमिलापको नीति लिएर भारत प्रवासबाट नेपाल फर्किएको दिन । २०१७ साल पुस १ गते ‘कू’ मार्फत् राजा महेन्द्रले लागू गरेको पञ्चायती व्यवस्थाको विरोध गरिररहेका कांग्रेस नेता कोइराला राजासँग मेलमिलाप गरी देशभित्रै बस्ने घोषणा गरी २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए। यसको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउने पनि गरेको छ।

तर, आज मेलमिलाप दिवसकै दिन कांग्रेसकोपदाधिकारीबैठकमा भने पार्टी नेताहरुबीचको बेमेल देखियो। पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित भएनन्। महाधिवेशनको मिति तोक्ने र विभागको संख्या बढाउनेमा एकलौटी गरेको भन्दै पौडेल, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतलेकेन्द्रीय समितिबैठकबहिष्कार गर्दै आएका छन्।

गुट उपगुटमा विभाजित कांग्रेसको यो किचलो मेलमिलाप दिवसका दिन पनि देखिएको हो। आसन्न राष्ट्रीयसभा चुनावका लागि पार्टीका उम्मेदवार चयन गर्ने एजेन्डा आजको पदाधिकारी बैठकको थियो। यस बैठकबारे देउवाको सन्देश लिएर आफ्नो निवास आएका उपसभापति विमलेन्द्र निधीलाई रुष्ट पौडेलले ‘बैठकमा हामी किन चाहियो र?’ भन्दै आफू बैठकमा उपस्थित नहुने बताएका थिए।

पौडेल-सिटौलाले सहमतिका लागि देउवासँग नै वार्ता गर्ने बताएपछि देउवाले आज नै आफू सहमितका लागि तयार रहेको बताएका थिए । मंगलबारमात्रै सिटौलाले देउवालाई पत्र पठाइ केन्द्रीय समितिबाट पारित गरेको १४ औं महाधिवेशनको मिति र विभाग थप गरिएको निर्णय सच्च्याउन देउवालाई सुझाव दिएका थिए ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा उम्मेदवार बारे छलफल भएको र बिहीबार केन्द्रीय कार्यसमिति बैठक बस्ने बताए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार