गृहपृष्ठ Featured सहयोगि भावनाका स्ववियु सभापति खत्रिले जन्मोत्सवमा क्याम्पसमा वाडे छात्रावृति

सहयोगि भावनाका स्ववियु सभापति खत्रिले जन्मोत्सवमा क्याम्पसमा वाडे छात्रावृति

प्रकाशित मिति:

जन्मोत्सव मनाउँने पश्चिमेली संस्कृति भित्रीरहेका बेला एक नयाँ अनि सकारात्मक उदाहरण बनेका स्ववियु अध्यक्ष सुशिल खत्री ! विदेशी फिल्म र टेलिसिरियलहरुमा देखाइने जन्मदिन मनाउने प्रचलनलाई नेपाली समाजले स्वाट्टै कपि गर्दा अध्यारोबाट उज्यालोतर्फ अघि बढ भन्ने मुल सन्देश बोकेको संस्कृति हुँदाहुँदै पनि त्यसको ठिक उल्टो उज्यालोबाट अध्यारो तर्फको बाटो हिँड्न खोजेको देखिन्छ ।

विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा धेरै मानिस जम्मा गरि केक काटेर, मदिरा सेवन गरेर, गाएर अनि नाँचेर रमाईलाको साथ जन्मोत्सव मनाउने प्रचलन हाम्रो समाजमा सजिलै देख्न पाईन्छ । अझ अर्को कुरा जन्मदिनमा साथीहरुलाई भेला गराई विभिन्न खानाका परिकारहरु खान नदिए सम्बन्ध नै चिसिने जस्ता उदाहरणहरु पनि छन् हाम्रो समाजमा ।

पछिल्लो समय युवाहरुले जन्मोत्सव मनाउने तरिकामा केहि फरकपन आएको छ । पश्चिमी संस्कृतिलाई अगांलेर जन्मोत्सवमा विभिन्न रेष्टुरेण्ट, होटल तथा पार्टी प्यालेसमा गई खानपान तथा रमाईलोमा अत्याधिक पैसा खर्च गर्ने प्रवृत्ति पनि नभएको होईन । जन्मोत्सव आउन भन्दा केहि समय अगाडि तयारी धेरै मानिस जम्मा गरि मदिरा सेवन गरि टोल नै थर्काउने गरि नाँचगान गर्ने चलन पनि नभएको होईन । अहिले हाम्रो समाजमा जन्मदिन मनाउने भने पछि खानपान र रमाईलो भन्ने बुझिन्छ ।

तर केहि युवाहरुले पश्चिमेली संस्कृतिको अन्त्य गरी समाजमा सकारात्मक सन्देश फैलने खालका उदाहरणिय कामहरु पनि गरेका छन् । सोहि क्रममा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सिद्धार्थ क्याम्पसका अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिती कपिलवस्तुका सचिव सुशिल खत्रीले एक फरक तरिकाले जन्मदिन मनाएका छन् ।

उनले २८ औँ जन्मोत्सवको अवसरमा गरिव विपन्न तथा जेहेन्दार ५ जना विद्यार्थीलाई छात्रनवृत्ति वितरण गरि उनीहरुको अध्ययनमा सहयोग पु¥याएका छन् । सिद्धार्थ क्याम्पसका जेहेन्दार विद्यार्थीहरु दिपा सारु, शंकर थारु, दिलमाया चापागाई, संगिता खनाल, शिव परियारलाई उनिहरुको अध्ययनमा सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरेका हुन् ।

त्यस्तै क्याम्पसका शिक्षक कर्मचारीहरुमा समयको ख्याल रहोस् भन्ने उद्देश्यले क्याम्पस प्रमुख खेमराज शर्मालाई एउटा भित्तेघडि प्रदान गरेका छन् । छात्रवृत्ति प्राप्त गरेसंगै विद्यार्थीहरुले खुसी व्यक्त गर्दै स्ववियु अध्यक्ष खत्रीलाई जन्मोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष रवि बहादुर काफ्लेले खत्रीले गरेको कार्य उदाहरणिय र अनुसरणात्मक रहेको बताए ।

जन्म दिन पर्ने स्ववियु अध्यक्ष सुशिल खत्रीले जन्मोत्सवका अवसरमा सानो सहयोग गर्न पाउँदा आफु हर्षित बनेको बताउँदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने धारणा राखे । समाज परिवर्तनको बाहक युवा भएकाले पनि नयाँ र रचनात्मक काममा युवाको अग्रसरताको खाँचो रहेको बताए । उनले आफ्नो सानो सहयोगले वालवालिकाहरुको अध्ययनमा सहज होस् र जन्मोत्सव मनाउने क्रममा भित्रीएको विकृति अन्त्य गर्ने उद्देश्यले उक्त कर्य गरेको बताए ।

कार्यक्रममा गायिका बर्षा लम्साल र अनिता क्षेत्रीले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । खत्रीको अध्यक्षता, क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष काफ्लेको प्रमुख आतिथ्यता, क्याम्पस प्रमुख खेमराज शर्मा, प्राध्यापक रोमाकान्त घिमिरेको आतिथ्यता, अनेरास्ववियुका मधु सुदन गन्धर्व लगायत विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम स्ववियु सदस्य हरि ढुंगानको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार