गृहपृष्ठ Featured कपिलवस्तु ब्रोड ब्याण्ड लिकंको मनपरि, बिजुली चोर्दै, राजस्व छल्दै

कपिलवस्तु ब्रोड ब्याण्ड लिकंको मनपरि, बिजुली चोर्दै, राजस्व छल्दै

प्रकाशित मिति:

कपिलवस्तुमा रहेको कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले बिद्युत चोरी र राजस्व छल्दै आएको पाइएको छ । जिल्लाका बिभिन्न क्षेत्रमा कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले अवैधानिक रुपमा बिद्युत चोर्दै राजस्व छल्दै गरेको पाइएको हो । जिल्लाका कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले प्रभाह गरेको अधिकाशं क्षेत्रमा बिद्युत पोलमा अबैधानिक रुपमा पावर पोइण्ट बक्समा आफैले बिद्युत दिनु पर्नेमा बिद्युत पोलबाटै बिद्युत चोरी गरी राजश्व छल्दै आएको हो ।


बाणगंगा नगरपालिका भित्र करिव १ सय ५० बढि बिद्युत पोलबाट बिद्युत चोरी गरी कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले राजश्व छली गर्दै आएको हो । एउटा बिद्युत पोलमा राखीएको पावर पोइण्टले मासिक रुपमा ६० युनिट भोल्टेज खपत गर्ने गरेको छ । यसरी हेर्दा मासिक रुपमा कपिलवस्तु ब्रोड ब्याण्ड लिकंले मासिक रु १ लाख ५० हजार बराबरको बिद्युत चोरी गरी राजस्व छल्दै आएको हो ।
यस बिषयमा बिद्युत प्राधिकरण कार्यालय कपिलवस्तका प्रमुख जय कुमार यादवलाई बुझदा तत्काल अनुगमन गरी कारबाही पक्रिया अगाडी बढाउने बताएका छन । कपिलवस्तु ब्रोड ब्याण्ड लिकंका सञ्चालकका रुपमा चार नः जितपुरका पदम प्रताप सेन, गजेहडा हरि पौडेल, ओदारी मनोहरी योगी, बोडगाउका जिवनाथ कडेल, बनगाईका बम बहादुर ठकुरी, भलवाडको धनेश्वर पौडेल, कोपवाका भगिन्द्र ठकुरी गोरुसिङ्गेका प्रेम गुरुङ रहेका छन । यस बिषयमा सञ्चालक जिवनाथ कडेलसगं सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन ।

सम्बन्धित् समाचार