प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका हुन् ।
सांसद शाहले गत पुस ५ गते साँझ आफूलाई घरमा बोलाएर ज्यान लिने योजना बनाएको मिश्राले यसअघि सञ्चार माध्यमसंग दावी गरेका थिए भने सांसद शाहले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
मुद्धा दर्तासंगै प्रहरीले अदालत समक्ष जानकारी गराउने र अदालतको आदेश पछि पक्राउ पूर्जीजारी हुने कानुनी प्रावधान छ । ‘शाह’ नेपाली कांग्रेसका तर्फ बाट प्रतिनिधि सभा सांसद हुन्








