रेकर्ड किपिङ्ग लेखा तथा सु–साशन सम्बन्धि सरोकारवाला अन्तरक्रिया गोष्ठी सितगंगा नगरपालिका वडा न. १४ मा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचिको आयोजनामा दुई दिने अन्तरक्रिया गोष्ठी बाणगंगा सव डिभिजन वन कार्यलय पावर को सभाहलमा सम्पन्न भएको हो ।
रेकर्ड किपिङ्ग लेखा तथा सु–साशन सम्बन्धि सरोकारवाला अन्तरक्रिया गोष्ठीमा सहभागि वन उपभोक्ता समुहहरुले सामुदायिक वन क्षेत्रमा झाडि सफाई ,अग्नी नियन्त्रण गर्नका लागि अग्नी रेखा निर्माण लगायत अन्य विभिन्न सामाजिक विकास र गरिवी निवारण का कार्यक्रमहरु संचालन गर्दा उक्त कार्यक्रमको फोटो अनिवार्य सुरक्षीत रख्नु पर्ने , महिनाभरि भएका खर्चको भुक्तानि सार्वजनिक गर्ने , सामुदायिक वनहरु मासिक रुपमा बैठक बसि आएको निर्णय सव डिभिजन कार्यलयमा पेस गर्नुपर्ने लगाएतका विषयमा छलफल गरिएको थियो ।
सो कार्यक्रमा प्रमुख अतिथीको आसनबाट बोल्दै सितगंगा नगरपालिका वडा न. १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले सामुदायिक वनहरुमा गरिने क्रियाकलापहरु धेरै हदसम्म फरक भएता पनि आर्थिक रुपमा अलिक परर्दशि हुन जरुरि रहेको बताए । वनका आवद्ध सम्पुर्ण उपभोक्ता ,समिती र सरोकारवालाहरुले पनि आर्थिक पाटोलाई चुस्त दुस्त राख्नमा जोड दिन उनले आग्रह गरे ।

त्यस्तै वाणगंगा सव डिभिजन वन कार्यलय सितगंगका अधिकृत जितेन्द्र सिंह खड्काले सामुदायिक वनले उपभोक्ताका माग र आवशयकता अनुसारका सिपमुलक तालिमकहरु संचालनमा ल्यायमा मात्र सबैको लागि दिगो विकास हुनेमा जोड दिए ।
कार्यक्रमा वाणगंगा सव डिभिजन वन कार्यलय सितगंगका अधिकृत जितेन्द्र सिंह खड्काको अध्यक्षता ,जिल्ला वन कार्यलय अर्घाखाँचिका अधिकृत अरुण कुमार आचार्य , जिल्ला वन कार्यलय अर्घाखाँचिका नायव सुब्बा नारायण भट्टराई लगायत जिल्ला र जिल्ला बाहिरका पत्रकारहरुको उपस्थीत रहेको कार्यक्रमको संचालन बाणगंगा सव डिभिजन कार्यलयका फरेष्टर धर्मेन्द्र यादवले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा वडा न. १४ का आठ वटा वनहरुले सहभागिता जनाएका थिए ।










