सीप सिकौं स्वरोजगार बनौं, समृद्ध नेपाल निर्माण गरौं भन्ने नाराका साथ अचार बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना विकास समितिको आयोजनामा शितगंगा नगरपालिका वडा नम्बर १४ मा ७ दिने अचार बनाउने तालिम बिहिबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । शितगंगा वडा नम्बर १४ मा उत्पादित अचार सहर सम्म निर्यात गर्ने लक्ष्य लिएको घरेलु तथा साना विकास समिति अर्घाखाँचिले जनाएको छ ।

सीप विकास तालिममा दामोदर न्यौपानेले वडाले यस्ता उद्यमीहरुलाई व्यावसायिक बनाउन सकेमा उत्साहजनक लगानी हुने बताए । उहाँले दुर दराजमा रहेका यस्ता कार्यक्रमले वडालाई नै अगाडी बढ्न प्रेरणा दिने बताए ।
यस्तै प्रशिक्षार्थी सीता बेल्बासेले अचार बनाउने तालिमका सात दिन नै उत्साहजनक रहेको बताए । उहाँले सिक्ने क्रममा आफूहरु अचार बनाउन पोख्त भएको धारणा राखेका थिए ।
यसैक्रममा प्रशिक्षक नारायण पोखरेलले सहभागीहरलाई धन्यवाद दिँदै घर धन्दामा यसरी अल्मलिनु भएका महिला दिदीबहिनीहरुलाई अचार बनाउने तालिम सिकेर व्यावहारमा उतार्न आग्रह गरे ।
कार्यक्रममा घरेलु उद्योग अधिकृत केशव सुनुवारको अध्यक्षता, दामोदर न्योैेपानेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै महिला सदस्य चुमा गाहा, मनकला वि.क. प्रशिक्षक नारायण पोखरेल समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।








