गृहपृष्ठ Featured चौथो सैनामैना औद्योगिक महोत्सवको तयारी तिब्र, बुद्धकालिन सभ्यता सँग जोडिदै

चौथो सैनामैना औद्योगिक महोत्सवको तयारी तिब्र, बुद्धकालिन सभ्यता सँग जोडिदै

प्रकाशित मिति:

चौथो सैनामैना आद्योगिक व्यापार महोत्सव बुद्धकालिन सभ्यता सँग जोडिने भएको छ । विश्व शान्तिका अग्रदुत तथा गौतम बुद्धको जन्मस्थल लुम्विनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित नगरपालिकामा संचालन हुन लागिरहेको मेलामा बुद्धकालिन सभ्यताहरुको पार्क निर्माण गरी मेलाको आर्कषणको रुपमा केन्द्रित गर्दै बुद्धकालिन सभ्यता सँग जोडिन लागेको सैनामैना उद्योग वाणिज्य संघले जनाएको छ ।

सयौँ पर्यटकीय गन्तब्यहरु मध्ये सैनामैना नगरपालिका पनि पर्यटकीय क्षेत्रका रुपमा घोषण भइसकेको हुँदा भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल बनाउन लुम्बिनी सँग जोडिएको सैनामैना महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने संघका अध्यक्ष राज बहादुर क्षेत्रको भनाई छ । उहाँले भन्नुभयो –‘सैनामैनाको धार्मिक तथा ऐतिहासिक क्षेत्रको उजागर गराउन समेत महोत्सवले टेवा पुराउने छ ।’

ऐतिहासिक क्षेत्र सैनामैना प्रदेश राजधानी अर्थात् बुद्धबलीको बुटवल उपमहननगरसँग जोडिएको क्षेत्र रेहको छ । बौद्धकालिन सभ्यताका चिनारी र पहिचानहरुको संरक्षणका लागि नगरपालिकाको योजनालाइ आत्मसाथ गर्दै औद्योगिक व्यापार महोत्सवमा विभिन्न ऐतिहासिक,धार्मिक,साँस्कृतिक एवम् पुरातात्विक सैनामैना क्षेत्र, स्वयं उत्पतिमान् शिव ज्योर्तिलिङ्ग पर्रोहा परमेश्वर बोलबम धाम,मलमला मन्दिर,मलमला चौरा बाबा, महेरावादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरु,रानी कुवा, जलैया सिमसार क्षेत्र आदिलाई समेटेर यसको प्रर्वद्धन तथा प्रचार प्रसारका लागि बौद्धकालिन सभ्यताको पार्क निर्माण सँगै फोटो प्रदर्शनी गरिने भएको छ ।

लुम्बिनी र पर्यटकीय सम्भावनाका हिल स्टेशनका पहाडहरुलाई जोड्ने महत्वपुर्ण विश्राम स्थलका रुपमा चिनिएको नगरपालिकामा ‘आर्थिक विकासका राष्ट्रिय आधार कृषि, पर्यटन, उद्योग व्यापार’भन्ने मुल नाराका साथ यहि पौष २४ देखी माघ ६ गते सम्म मेला संचालन हुँदैछ । उद्योगी व्यवसायीहरुको आफ्नो उद्योग,व्यवसाय प्रबद्र्धन तथा विस्तार, उपभोक्ताहरुको उपभोग्य वस्तुहरुमाथिको पहुँच बढाउने र यस सैनामैना क्षेत्रको चिनारी र विभिन्न भेषभुषा र लोका संस्कृतिको जर्गर्ना गर्ने कार्यमा योगदान पुर्याउने उद्धेश्यले मेला आयोजना गरिएको मेला मुल आयोजक समितीले जनाएको छ । महोत्सव सैनामैना ४ मुर्गिया पर्रोहा माविको अगाडि निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा सञ्चालन हुनेछ ।

सम्बन्धित् समाचार