गृहपृष्ठ Featured खाद्य सुरक्षा सम्बन्धी एक दिने तालिम पौष २३ गते जितपुरमा हुने

खाद्य सुरक्षा सम्बन्धी एक दिने तालिम पौष २३ गते जितपुरमा हुने

प्रकाशित मिति:

होटल तथा रेष्टुरेन्ट व्यवसायि संघ कपिलवस्तु र खाद्य तथा गुण नियन्त्रण विभागको आयोजनामा खाद्य सुरक्षा सम्बन्धी एक दिने तालिम हुने भएको छ । बाणगंगा नगरपालिका भित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायि हरुलाई लक्षित गरेर तालिमको आयोजना गरिएको हो ।

भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि व्यवसायिहरु लाई खाना र खाद्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायि संघ कपिलवस्तुका महासचिव रविन्द्र पौडेलले बताए । खाद्य सुरक्षा सम्बन्धी एक दिने तालिम यहि पौष २३ गते बाणगंगा ४ जितपुर  द गार्डेन होटलमा हुने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार