बाणगंगा नदीको तिलौरीघाटमा अवैध रुपमा बालुवा चोर्दै गरेका ३५ वटा ट्याक्टरलाई शशस्त्र प्रहरीले नियन्त्रणमा गरेको छ । कपिलवस्तु नगरपालिका ६ स्थित उक्त नाकाबाट राती १० बजे अवैध रुपमा बालुवा संकलन गरिरहेका ट्याक्टर शशस्त्र प्रहरी बल २८ नम्बर गणको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । नाकामा नदीजन्य पर्दाथ उत्खनन् ठेक्का लागेपनि ६ बजे पछि नाका बन्द हुने गर्दछ । सोहि मौका छोपी बालुवा तस्करहरुले नदीमा सामूहिक प्रवेश गरेर बालुवा चोरिरहेको जानकारी पाएपछि शशस्त्रको टोलीले ट्याक्टर र चालहरुलाई पक्राउ गरेको हो । अहिले सबै ट्याक्टरहरु शशस्त्र प्रहरीको नियन्त्रणमा छ ।
शशस्त्र प्रहरी बलका प्रमुख शशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले पक्राउ गरिएका ट्याक्टरलाई कारवाही गरिने बताउनुभयो । उनीहरुलाई कारवाहीको लागि जिल्ला समन्वय समितिमा पत्राचार गरिएको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिले अवैध रुपमा बालुवा चोर्ने सवारीहरु अन्र्तगत ट्याक्टरलाई पहिलो पटकमा २५ हजार रुपैया जरिवाना तोकेको छ । जस अनुसार पक्राउ परेका ट्याक्टर जरिवाना बाट ८ लाख ७५ हजार राजस्व संकलन हुने समन्वय समितिले जनाएको छ ।