गृहपृष्ठ खबर अवैध गतिविधि गरेको आशंकामा पक्राउ परेका १२२ सय चिनियाँ नागरिक एक-एक हजार धरौटी बुझाएर रिहा

अवैध गतिविधि गरेको आशंकामा पक्राउ परेका १२२ सय चिनियाँ नागरिक एक-एक हजार धरौटी बुझाएर रिहा

प्रकाशित मिति:

नेपालमा अवैध गतिविधि गरेको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक रिहा भएका छन् ।

गएको पुष ७ गते पक्राउ परेका उनीहरु आइतबार जनही एक हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनीहरुलाई जरिबानामा छाड्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन्।

प्रहरीले चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त टोलीले चीनसँग समन्वय गरेर बुढानिलकण्ठ, मनमैजु तथा बाँसबारीमा सर्च अप्रेसन चलाएर उनीहरुलाई पक्राउ गरेको थियो ।

रिहा भएका सबैलाई आइतबार नै अध्यागमन विभागकाे जिम्मा लगाइने प्रहरीले जनाएकाे छ ।

सम्बन्धित् समाचार