गृहपृष्ठ Featured प्रदेश नं ५ , राष्ट्रियसभा सदस्यका निम्ती ९ जनाको उम्मेदवारी दर्ता

प्रदेश नं ५ , राष्ट्रियसभा सदस्यका निम्ती ९ जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति:

दाङ राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नम्बर  ५ मा उम्मेदवारले आज घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । सो अनुसार नेकपा प्रदेश नम्बर ५ बाट अपाङ्ग तथा अल्पसङ्ख्यकबाट जगप्रसाद शर्मा (अपाङ्ग), महिलातर्फबाट विमला घिमिरे र अन्यबाट गोपाल भट्टराईले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

त्यस्तै काँग्रेसबाट प्रदेश नम्बर ५ मा अपाङ्गता तथा अल्पसङ्ख्यकबाट मेराज हलवाई, महिलाबाट गिरिजा न्यौपाने र अन्यबाट बालकृष्ण पाण्डेले मनोनयन दर्ता गराउनुभएको हो । त्यसैगरी समाजवादी पार्टीबाट बाँकेका सुनिल सिघल र बर्दियाका कृष्णप्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रियसभा सदस्यमा रिक्त हुन लागेका १८ सदस्यमध्ये प्रदेश नं ५ मा तीन पदका लागि निर्वाचन हुन लागेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । प्रदेश ५ मा कुल ३०५ मतदाता छन् जसमा प्रदेशसभाका सदस्य ८७ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना छन् । मनोनयन दर्ता गराउन उम्मेदवारहरु आआफ्ना नेता तथा कार्यकर्तासँग मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

सम्बन्धित् समाचार