गृहपृष्ठ Featured शिवराज नगरपालिकाको भवन निर्माण कार्य अघि बढाउने बाटो खुल्यो

शिवराज नगरपालिकाको भवन निर्माण कार्य अघि बढाउने बाटो खुल्यो

प्रकाशित मिति:

कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निर्माण रोक्न सर्बोच्च अदालतमा कृष्ण कुमार चौधरिले दायर गरेको मुद्दामा आज अदालतले नगरपालिकाको पक्षमा मुद्दा फैसला गरेको छ । मुद्दाको अख्तियारि लिएर स्थानीय नेता हरि पोख्रेल सर्बोच्च अदालतमा मुद्दा लडिरहेका थिए । पटक पटक गरि चौथोपटक आज भएको बहसमा अदालतले नगरपालिकाको पक्षमा निर्णय गरेको छ । अदालतको फैसला संगै अब नगरपालिकाको भवन निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ । जिल्ला अदालत , उच्च अदालत हुदै मुद्दा सर्वोच्च सम्म पुगेको थियो ।

सम्बन्धित् समाचार