सिड्नी प्रहरीले पर्यटनमन्त्री योगेश भट्टराईले नेतृत्व गरेको नेपाल भ्रमण वर्ष २०२० को र्याली निकाल्न रोक लगाएको छ ।
मन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका सहभागीहरु र्याली सुरु गर्न ठिक्क परेको बेला सिड्नी सिटी काउन्सिलले रोकेको हो ।
र्यालीका लागि अनुमति नलिएको तथा र्याली व्यवसायिक लाभका लागि भएको न्यू साउथ वेल्स प्रहरीले बताएको छ । र्यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने समेत प्रहरीको तर्क थियो ।











