कपिलवस्तुको वाणगंगा नगरपालिका भित्र संचालित चालु वार्षका संघिय सरकारको समपुरक तथा विशेष योजना स्विकृतीको तयारी थालिएको छ । योजनाको स्विकृतिका लागि प्रदेश सभा सदस्य विष्णु पन्थी र वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल सहितको टोली यहि साता संघिय सरकार समक्ष पुग्ने भएको छ । त्यस्तै आज बसेको कार्यपालिकाको ६३ औँ बैठकले नगरपालिकाको छैठौँ नगरसभा आगामी माघ २४ गते गर्ने समेत निर्णय भएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । यस वर्षको नगरसभा नगरपालिकाको आफ्नै सभाहलमा आयोजना हुने पनि नगरपालिकाले जनाएको छ ।
उता प्रदेश सरकारको चालु आर्थिक वर्षको विशेष अनुदान तर्फको योजना संचालनका लागि नगरपालिकाले यस वर्ष श्रृङ्गिघाट सिँचाई आयोजना र कामता मा.वि करेलीयालई छनौठ गरेको छ । त्यस्तै आज बसको बैठकले कृषि पूर्वाधार विकास तथा यान्त्रीकरण प्रर्वदन कार्यक्रम अन्र्तगत कृषि उपज संकलन केन्द्र निर्माण्को लागि बुधबार लाग्ने वडा नम्बर ५ कोपवाको साप्ताहिक बजार र वडा नम्बर १ स्थित शनिबार लाग्ने बैरिया साप्ताहिक बजारलाई छनौठ समेत गरको छ । दुई स्थानमा कृषि पूर्वाधार तथा कृषि उपजहरुको संकलन भण्डारण र विक्रि वितरण गरीने तयारी थालिएको हो ।
त्यस्तै किसान टु परियोजना अन्र्तगत कपिलवस्तु र वाणगंगा नगरपालिकाको साझेदारीमा कृषि प्रचार डमुकेन्टी तयार गर्ने त्यसको प्रचारप्रसार गर्नका लागि पनि बैठकले तयारीलाई जोड दिएको प्रवक्ता पौडेलले बताउनुभयो । यता वास योजना व्यवस्थित गर्नका लागि नगरपालिकाले वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र वेल्वासेको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ । यता नगरपालिकाको वडा नम्बर ७ र ८ को मोतिपुर स्वास्थ्य चौकिलाई नगरपालिकाकै पूर्ण पोषणमैत्री स्वास्थ्य चौकीको रुपमा विकास गरीने भएको छ ।