गृहपृष्ठ Featured सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न

सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न

सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको हो । सस्थाले शेयर सदस्यहरुको हित र संस्थाको सर्बाङ्गित बिकासलाई प्राथमिकता दिएको छ । महिला दिदि बहिनीहरुलाई ब्यबसायीक बनाउने उद्देश्यले बिभिन्न किसिमका सिपमुलक तालिम दिदै आएको संस्थाले जनाएको छ ।

१८ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एबं बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले नगरका ६ वटा महिला सहकारीहरु मध्ये महिला बहुउद्देश्यीय सहकारी संस्था नमूना रहेको बताएका छन् । महिला दिदि बहीनीहरुले मिहिनेतका साथ संचालन गरेको सहकारीलाई नगरपालिकाले पूर्णरुपमा सहयोग रहने प्रतिबद्धता जनाएका छन् । उनले महिलाहरुको क्षमतालाई बृद्धिगर्न , उद्यमी महिलाहरुलाई ब्यबसायीक बनाउने उद्देश्यका साथ बिभिन्न सिप मूलक कार्यक्रमहरु उपलब्ध गराउँदै आइरहेको जानकारी दिए । महिलाहरुको आथिक रुपमा सशक्तिकरण भए महिला हिंसा न्यूनिकरण हुने समेत उनले बताए ।

त्यस्तै वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले लैंगिक हिंसा न्यूनिकरणका लागि बिभिन्न सिपमूलक कार्यक्रमहरु संचालन गर्दै आएको बताए । सहकारीमा आबद्ध उद्यमी महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु बिक्रिबितरण गर्नका लागि बजारी करणका लागि ब्यबस्था गर्ने प्रतिबद्धता जनाए । उनले सिप सिकेका महिला दिदि बहिनीहरुलाई ढुक्क संग आफूले सिकेका सिपहरुको सदुपयोग गर्न आग्रह गरेका थिए ।

सामाजिक बिकास डिभिजन कार्यलयका प्रमुख नरेन्द्र बेल्बासेले सामाजिक बिकास माहाशाखाले मानव बेचबिखन तथा ओसारपसार , नेतृत्व बिकास , लैंगिंक हिंसा , दिबसीय कार्यक्रम लगाएतका कार्यक्रमहरु संचालन गरिने जानकारी गराए ।

यस्तै कार्यपालिकाका सदस्य सरिता देबी ढकालले बार्षिक साधारण सभाको शुभकामना मन्तब्य दिदै सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिईन् । सस्थाका बरिष्ठ सल्लाहकार इन्दिरा पन्तले ब्यक्ति ऋीणी हुन नहुने बताउँदै एउटा सहकारीको शेयर सदस्य अर्को सहकारीको सदस्य बन्न नपाउने बताईन् । उनले यस सहकारीका कार्य समिति सदस्यहरु अन्य सहकारीको कार्य समिती भित्र बस्न नपाउने प्रष्ट पारिन् ।

उनले ७ सय ६० जना सदस्यहरु मध्ये शुद्ध महिला सहकारीका सदस्यहरु कति रहेका छन् भन्ने बिषयमा छुट्टयाउनका लागि निर्देश समेत गरेकी थिईन् । यस सहकारीलाई बिभिन्न बिसिमका कार्यक्रमहरु ल्याई सहयोग पु¥याउने प्रतिबद्धता ब्यक्त गरिन् ।

सो कार्यक्रममा संस्थाका सल्लाहकार चेतना अधिकारी , टोल बिकास संस्थाका अध्यक्ष कमल पराजुली र सञ्चारिका समूहका जिल्ला उपाध्यक्ष पार्बती आचार्य लगाएतले शुभकामना मन्तब्य दिदैं रु १० रुपैया देखि बचत गरेका सस्थाका सस्थापक सदस्यहरुलाई शुभकामना सहित धन्यबाद दिएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष नूमी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्क्ष नमूना पौडेलले आयब्यय बिबरण प्रस्तुत , सचिव सुनिता सेनले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत , ब्यबस्थापक बिद्या शर्माले बार्षिक लेखा परिक्षण प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष रमा पाण्डेको स्वागत मन्तब्य तथा सचिव सुनिता सेनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले ११ जना जेष्ठ नागरिक सदस्यहरुलाई दोसल्लाहले सम्मान गरेको थियो भने सस्थापक सदस्यहरुलाई सम्मान पत्रले सम्मान गरेको सहकारी सस्थाले जनाएको छ ।

सम्बन्धित् समाचार