बुद्धभुमि नगरपालिका १ मा अविस्थत पत्थरकोट कृषि हाटबजार लामो समय पश्चात सञ्चालनमा आएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सरोकारवालाहरु संग पटक पटक बैठक राखी खुल्ला सडकमा लगाईदै आएको अस्तब्यस्त हाटबजार अर्को ब्यबस्था नहुञ्जेल सम्मका लागि स्थानिय तहको जिम्मेवारीमा सञ्चालनमा ल्याईएको हो । गंगा ज्योति माविको बाउन्ड्री वालको दक्षिण पश्चिम र अर्घाखाँची सन्धीखर्क सडकको पूर्बमा रहेको पत्थरकोट कृषि हाटबजार टहरा निर्माण भएकै स्थानमा ब्यबस्थापन गर्नका लागि वडाले सूचना आब्हान गरिएको वडा नं. १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले जाकारी दिए ।
केही ब्यक्तिहरुले बिरोध जनाएता पनि हप्ताको एक दिन लाग्ने शनिबारे हाटबजार स्थानियतहको ठूलो प्रयास पश्चात अर्को उचित स्थानको ब्यबस्था नहुञ्जेल सम्मकालागि सञ्चालनमा ल्याईएको हो । स्थानिय सरकारको ऐनमाथि अटेरगरी निर्देशन बिपरित कार्यगर्ने , अस्वीकार गर्ने जो कोहीलाई स्थानीय प्रशासनको सहायतामा पुरानो हाटबजार बाट पूर्णरुपमा हटाईने निर्णय समेत गरिएको अध्यक्षको भनाई छ ।
बर्षै देखि खुल्ला सडकमै बजार लगाउँदै आएका ब्यापारीहरुबाट उठाईएको रोएल्टीको अत्तोपत्तो छैन् । बजारबाट उठाईएको रकम गंगा ज्योति माबिलाई सहयोग गर्ने निर्णय भए पनि हाल सम्म एक रुपैंया बिद्यालयमा नआएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राम बहादुर केसीले बताए । पत्थरकोटको एक मात्र माबिमा अध्ययन गर्ने छात्रछात्राहरुलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने चाहना हो । आयश्रोत भए राम्रो शिक्षक राख्न सकिन्छ तब मात्र बिद्यार्थीहरुले राम्रो शिक्षा पाउँछन् उनले भने ।
गुणस्तरीय शिक्षाका लागि स्थानिय अभिभावकहरुको ठूलो भूमिका रहन्छ तर त्यो भूमिका नरहेको महसुस भएको बताए । यस बिद्यालयमा अन्य आयश्रोत नभएको हुँदा हाटबजारलाई श्रोतको रुपमा लिन खोजिएको हो, बजार जहाँ लागे पनि बिद्यालयलाई निस्वार्थ रुपमा सहयोग हुनुपर्छ उनले भने । त्यस्तै समाजसेवी सुर्य प्रसाद भुषालले हाटबजारबाट अहिले सम्म उठाएको रकमको पारदर्शिताका लागि स्थानियतह संग माग गरेका छन् । बर्षौ देखीको बजारको रोएल्टी नियम अनुसार असुली गरी गंगा ज्योति माबिलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।
दधिराम घिमिरेको अध्यक्षतामा सञ्चालन गरिएको खुल्ला हाटबजारमा ब्यापारीहरु संग बिना रसिद रु २० देखि ५० रुपैंया सम्म रकम असुली गर्दै आएको स्थानीयहरुले दाबी गरेका छन् । २०६९ साल देखि हाल सम्मको रकम कतै लगानी गरेको नदेखिएको हुँदा खोजी गरी उचित स्थानमा लगानी गर्न अनुरोध समेत गरेका छन् ।
यस्तै अम्मर दिप सहकारी संस्थाद्वारा संचालित खुल्ला हाटबजारका अध्यक्ष दधिराम घिमिरे लगाएतका केहि ब्यापारीहरुले बजारबाट उठाईएको रोएल्टी रकम हाटबजारका लागि मुद्दा लड्दा सकिएको बताएका छन् भने केहि रकमले जस्तापाता खरिद गरेको बताएका छन् । रसिद बिना उठाएको रकमदेखि बजार सफागर्नेलाई ३ सय ५० रुपैंयाँ दिदैं आएको र केहि रकम अम्मरदीप सहकारी संस्थामा बचत गरिएको छ । हाल सम्म गंगा ज्योति माबिलाई सहयोग नगरिएको खुलाएका छन् । अध्यक्ष लगाएतका केही ब्यापारीले स्थानिय सरकारले गरेको निर्णयप्रति बिरोध जनाएका छन् । उनिहरुका अनुसार पत्थरकोट कृषि हाटबजारलाई ब्यबस्थित गर्नु आपत्ति रहेको बताए ।
बजारको ब्यबस्था भए संगै ब्यापारीहरु खुशी भएका छन् खुल्ला सडकमानै बजार लगाउन बाध्य भएका राधेश्याम गुप्ता र राजु गुप्ता लगाएतका ब्यापारीहरुले बजार ब्यबस्थापनका लागि स्थानिय सरकारलाई धन्यबाद दिएका छन् । सटरमा ब्यापार गर्ने ३ ÷४ जना ब्यापारीले आफ्नो घरको सटरबाट सामान निकालेर बाहिर जाँदा दुख हुन्छ भनेर अटेरी गरेको बताए । खुल्ला बाटोमा बजार लगाउँदा सामानहरुको धेरै नोक्सान हुन्थ्यो , सामान पनि बाटोमा झारेर बोकेर लानुपर्ने हुन्थ्यो । यहाँ त घामपानी छेक्ने टहराहरु भएको र बाटो देखी पनि नजिक भएको हुँदा ब्यापारीहरुले खुशी ब्यक्त गरे ।
यता पत्थरकोट कृषि हाटबजारका अध्यक्ष तारा बहादुर गुरुङ्गले नेपाल सरकारको रकममात्र नभएर स्थानियहरुको समेत सहयोगमा निर्माण गरिएको बजारलाई ब्यबस्थापन गरि हप्तामा एक पटक लाग्ने बजारमा ब्यापारीहरु देखी उठाएको रोयल्टी बापतको रकमले गंगा ज्योती माबिलाई सहयोग पु¥याउने उद्देश्य रहेको बताए । अन्य आयश्रोत नभएको हुँदा माबि सञ्चालनका लागि समस्या भएको उनको भनाई छ ।