होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले खाध्य तथा गुण नियन्त्रण सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । खाध्य तथा गुणनियन्त्रण डिभिजन कार्यालय भैरहवा र कपिलवस्तु शाखाको संयुक्त आयोजनामा १ दिने खाध्य स्वच्छता सम्बन्धी तालिम वाणगंगा चारनम्बर स्थीत द गार्डेन होटलमा सम्पन्न भएको हो ।
कार्यक्रममा वाणगंगा नगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टहरुको खाध्य स्वच्छताको मुल्याङक सुचाङक र स्तरीकरणको आधारमा यहि माघ १० गते सम्ममा सर्वोत्कृष्ट उत्कृष्ट, उत्कृष्ट, मध्यम सामान्य, गरी चार किसिममा बिभाजन गर्ने र स्तरीकरणका आधारमा स्तर अनुसारको स्टीकर टास गरीने भएको छ ।

कार्यक्रममा खाध्य स्वच्छताका आधारमा स्तरीकरण मुल्याङ्कन समुह समेत गठन भएको छ । जसको संयोजकमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका महासचिव रविन्द्र पौडेल सदस्यमा कृष्णराज पाण्डे कपिल न्यौपाने, राजेन्द्र बिक्रम शाह जनजित पुरुष इलाका प्रशासनका प्रमुख तथा प्रतिनीधी सदस्य सचिव खाध्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बिजय पराजुली रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै इलाका प्रशासन कार्यालय जितपुरका प्रमुख बिष्णु प्रसाद ज्ञवालीले तालिम प्राप्त निरीक्षकहरूवाट नियमित एवम् आकस्मिकरूपमा बजार तथा उद्योग निरीक्षण गरी गुणस्तर सम्बन्धी अनुसन्धान र्गनुपर्ने बताए । विशेष गरी न्यून गुणस्तरका खाद्य वस्तुहरूका नमूना सङ्कलन, सङ्कलित नमूनाहरूको प्रयोगशाला विश्लेषणबाट प्राप्त नतिजाहरूको आधारमा न्यून गुणस्तर वा दूषित देखिएकोमा प्रचलित खाद्य तथा दाना ऐन नियमअनुसार कानूनी कारवाही हुने उनले बताए । इलाका प्रशासनले नगरपालिका संगको सहकार्यमा समय समयमा खाध्य स्वच्छताको अनुगमन भएको बताउदै आागामी दिनमा पनि त्यस्ता कमी कमजोरी देखा परे नियम अनुसार कारवाही हुने जिकीर गरे ।
त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले खाद्य वस्तुहरूको उत्पादन, सञ्चयन तथा बिक्री वितरणमा हुने अस्वस्थकर गतिविधि नियन्त्रण गर्न उपभोक्ताहरु सचेत हुनु पर्ने बताए । उनले मानव जिवनका लागि गुणस्तर हिन खाध्य पदार्थले मानीसमा भयानक रोग निम्ताउने हुदा खाध्य पदार्थमा स्वच्छता हुनु पर्ने र म्याद नाघेका खाध्य पदार्थ बिक्री गर्ने लाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने बिषयमा जोड दिए ।
कार्यक्रममा खाध्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख श्रवण कुमार ढुङगानाको अध्यक्षता कपिलवस्तु उद्योगा वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलको विशिष्ट आतिथ्यता बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुषाल, बरिष्ठ सदस्य डोलकराम घिमिरे, खाध्य ताथ गुणनियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुख बिजय पराजुली , विाणगंगा नगरपालिका कृर्षि शाखा प्रमुख लेष बहादुर के.सी, उपभोक्ता हित संरक्षमञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डे लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका महासचिव रविन्द्र पौडेलले गरेका थिए । तालिममा कपिलवस्तु जिल्लाका ५० भन्दा वढि होटल व्यवसायीहरुको उपस्थीती रहेको थियो ।







