माघी पर्वको आगनसंगै जिल्लाका थारु समुदायमा रौनक सुरु भएको छ । माघी आउन एक साता बाकी छ । कपिलस्तुको उत्तरी भेगमा बसोबास रहेको थारु समुदाय भने अहिले देखि नै हषो्र्रल्लासकासाथ माघी मनाउने तयारीमा जुटेका छन । त्यसकालागि थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको छ । थारु समुदायको पर्रंपरगात पहिचान, भेषभुषा र सं्रस्कृतिको जर्गेना र प्रचारप्रसार गर्ने उद्देश्यले मेल ागर्न लागिएको हो ।
जिल्लाको वाणगंगा, बुद्धभूमि, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मेला लाग्ने थारू कल्याणकारी सभा (थाकस) कपिलवस्तुले जनाएको छ । वाणगंगा नगरपालिकाको गजेहडा, बुद्धभूमि नगरपालिकाको बरकुलपुर र शिवराज नगरपालिकाको चन्द्रौटा तथा भगवान्पुरमा जिल्लास्तरको मेला लाग्ने थारू अगुवा तथा सभाका रामबहादुर थारूले बताए । बरकुलपुरमा यही पुस २५ र २ गते दौश्रो माघी महत्सवकोयारी पुरा भएको शिवराज नगरपालिकाकी उप मेयर मीरा थारुले बताईन । शिवराज नगरपालिका–५, चन्ँद्रौटामा टामा प्रथम नगरस्तरीय माघी महोत्सव यही माघ २ गते लाग्ने थाकस शिवराज नगरपालिकाको आयोजनामा हुने बताइएको छ ।

माघी महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसलाई सभ्भ र चब्यरुपमा मनाउन आफुहरु तयारीमा जुटको सभाका नगर अध्यक्ष इन्द्र बहादुर थारूले बताए । सांस्कृतिक लक्ष्य पूरा गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बताए । ‘थारू संस्कृति संरक्षण, संवद्र्धन आउर प्रवद्र्धन कयना हमन अभियान, न्याय, समानता आउर पहिचान सहितके सीमा बचयना हमन अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सव लगातार तीन दिनसम्म चल्नेछ । यस्तै महोत्सवलाई सभ्य र भव्य बनाउन १०१ सदस्यीय मूल समिति गठन गर्नाका साथै जिम्मेवारी बाँडफाँट गरिएको मूल समितिले जनाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढी, भगवानपुरमा तेस्रो माघी मिलन सांस्कृतिक महोत्सव–२०७६ यही पुस २८ गतेदेखि हुने भएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा हुन लागेको महोत्सव तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ । ‘हमन संस्कृति हमनके सान, भूमिपुत्र थारू हमरे बचाई अपन पहिचान’ भन्ने मूल नाराका साथ माघ १ गतेसम्म सञ्चालन हुनछ ।
महोत्सवका मुख्य आकर्षणहरू थारू पुख्र्यौली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामग्रीको प्रदर्शन, झुम्रा, झररा, लाठी, मयूर, सजनी बिरहानीलगायतका थारू नृत्य, थारू खानाको परिकार, थारू वेशभूषाको प्रदर्शन, थारू समुदायसँग सम्बन्धित संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बताइएको छ । महोत्सवमा थारु समुदखायका स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक उत्तम थारूले जनाउनुभयो । माघ महिनामा पर्ने थारू समुदायको माघी पर्वको रौनक अहिले गाउँदेखि सहरसम्म सांस्कृतिक कार्यक्रमले झकमक्क हुने गरेको पाइन्छ ।







