गृहपृष्ठ Featured उखु किसानलाई कनौडियाले गरे १२ करोड भुक्तानी

उखु किसानलाई कनौडियाले गरे १२ करोड भुक्तानी

प्रकाशित मिति:

काठमाडौँ । उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन् ।काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको’ भनेका छन् ।

त्यस्तै शर्माले कनौडियाले अब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको समेत जनाएका छन् । उनले ट्विट्मा ‘अब चुक्ता गर्न ६ करोड बाँकी रहेको बताउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसँग व्यक्त गर्नुभएको छ ।’ लेखेका छन् ।

कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनी सञ्चालक रहेको महालक्ष्मी सुगर्स मिलले उखु किसानलाई २१ करोड रुपैयाँ नतिरेपछि कृषि र उद्योगमन्त्रालयको पत्रानुसार  गृहमन्त्रालयले पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो । गृहले पत्र काटेको थाहा पाएलगत्तै उनी किसानको सबै रकम तिर्न तयार भएको भन्दै उद्योग मन्त्रालयमा पुगेका थिए l

।कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित् समाचार