गृहपृष्ठ Featured सहकारीको विकास विना समृद्ध नेपालको परिकल्पना सम्भंव नहुने

सहकारीको विकास विना समृद्ध नेपालको परिकल्पना सम्भंव नहुने

प्रकाशित मिति:

सहकारीको विकास विना समृद्ध नेपालको परिकल्पना सम्भंव नभएको आज गोरुसिँगेमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । छरिएका पुंजीलाइ एकिकृत गरी स्थानीय स्तरमा रोजागारीका अवसर सिर्जना गदैं अगी बढे मात्र समृद्ध नेपालको सपना साकार हुनेमा बक्ताहरुले जोड दिएका छन् । जय बुद्ध बहुउदेश्ीय सहकारी सँस्था लिमिटेड बुद्धभुमी २ गोरुसिँगे कपिलवस्तुको नवौ साधारण सभामा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन्

। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुद्धभुमी नगरपालीका प्रमुख केशव कुमार श्रेष्ठले देशमा राजनितिक क्रान्ती सम्पन्न भैसकेकाले अब आर्थिक क्रान्तिको खाँचो सहकारी मार्फत नै सम्ंभव भएको आौल्याउँदै नगरभित्रका सहमती, सहकार्य, समानता सहकारीका मुल उदेश्य रहेको बताउँदै नाम मात्रका झोले सहकारीलाइ आगामी दिनमा कार्रवाही गरिने बताउनुभयो ।

झन्डै ८ सय शेयर सदस्य रहेको जयबुद्ध सहकारीको नवौंं साधारण सभाको कुल चालुपुँजी १० करोडको हाराहारीमा छ । संस्थाका अध्यक्ष राजेन्द्र सुवेदीको अध्यक्षता, उपाअध्यक्ष नारायण प्रसाद भुसालको स्वागत, सचिव दधिराम न्यौपानेको सन्चालनमा सम्पन्न कार्यक्रममा बुद्धभुमी नगरपालीकाका बडा नम्वर २ का वडा अध्यक्ष भेषराज खनाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गुणानिधि भुसाल, उद्योगबाणिज्य संघका अध्यक्ष सुभलाल भुसाल, समाजसेवी विरेन्द्र मिश्र, प्रधानध्यापक राम प्रसाद अर्याल लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन अध्यक्ष राजेन्द्र सुवेदी, कोषाअध्यक्ष बुद्धिराम भुसालले आर्थिक प्रतिवेदन, लेखा संयोजक शाहस शर्माले लेखा सुपरिबेक्षण प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मतले पारित भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थि, शिक्षक लगायतलाइ सम्मान गरिएको थियो । सोही कार्यक्रममा स्थानीय कलाकारले गित र नृत्यबाट थप मनोरन्जन समेत दिएको संस्थाकी व्यवस्थापक राधिका अधिकारीले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार